फाइल तस्वीर
काठमाडाैं– काजकिस्तानमा सैन्य विमान दुर्घटना हुँदा ४ जनाकाे मृत्यु भएकाे छ। राजधानी नूर सुल्तान (अस्टाना)बाट उडान भरेकाे सैन्य विमान शनिबार अल्माटीमा अवतरण गर्दा दुर्घटनाग्रस्त भएको हाे।
विमानमा ६ जना रहेकाे बताइन्छ, जसमध्ये ४ जनाकाे घटनास्थलमै मृत्यु भएकाे केन्द्रीय एशियाई देशको आपतकालीन मन्त्रालयले जनाएको छ।
रसियाको इन्टरफ्याक्स समाचार एजेन्सीले एक स्रोतको उद्धृत गर्दै लेखेकाे छ, 'दुर्घटनाग्रस्त विमान कजाकिस्तानको सिमाना रक्षक सेवाको हो जुन राष्ट्रिय सुरक्षा समितिको हिस्सा हो।'
अनलाइनमा पोष्ट गरिएका भिडियोहरूमा दुर्घटनाग्रस्त भएकाे स्थानमा धुवाँको मुस्लाे देखिएकाे छ र नजिकै राजमार्गबाट पनि देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।