काठमाडाैं– श्रीलंकाली सरकारले बुर्कामाथि प्रतिबन्ध लगाउने भएको छ। देशको अल्पसंख्यक मुस्लिम जनसंख्यालाई असर पारेको भन्दै बुर्कामाथि प्रतिबन्ध लगाउन लागिएको हो।
सार्वजनिक सुरक्षामन्त्री सारथ वीरासकेराले शुक्रबार एक पत्रकार सम्मेलनमा बुर्कामाथि प्रतिबन्ध लगाउन क्याबिनेटमा हस्ताक्षर भइसकेको जानकारी दिए।
‘हाम्रो सुरुवाती दिनमा मुस्लिम महिला र केटीहरूले कहिल्यै बुर्का लगाउँदैन्थे,’ उनले भने,‘यो धार्मिक उग्रवादको संकेत हो, जुन भर्खरै आएको हो। हामी पक्कै पनि प्रतिबन्ध लगाउने छौं।’
२०१९ मा इस्लामिक आतंकवादीहरूले चर्च र होटेलमा २५० भन्दा बढीको ज्यान जानेगरि बम विष्फोट गरेपछि बहुसंख्यक बुद्धिस्ट राष्ट्रमा बुर्कामाथि अस्थायी रूपमा प्रतिबन्ध लगाइएको थियो।
यसका साथै श्रीलंकामा हजारभन्दा बढी इस्लामिक विद्यालय (मदरासा) हरु बन्द गरिन लागेको वीरासकेराले जानकारी दिए।
‘सरकारले हजारौं इस्लामिक विद्यालयहरूलाई प्रतिबन्ध लगाउने योजना बनाएको छ। कसैले पनि यस्ता विद्यालय खोल्न पाउने छैनन्,’ उनले भने।
श्रीलंकाली सरकार पछिल्लो समय मुस्लिमविरुद्ध कडा रुपमा प्रस्तुत भइरहेको छ। यसअगाडी कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शरिर गाड्न नपाउने नियम लागु गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।