नयाँदिल्ली– अटल बिहारी बाजपेयी सरकारमा वित्त तथा विदेशमन्त्री रहेका यशवन्त सिन्हा कंग्रेसमा प्रवेश गरेका छन्। उनलाई ममता बनर्जीले शनिबार कंग्रेसमा प्रवेश गराएकी हुन्।
पार्टी प्रवेश गर्नु अगाडी ममता बनर्जीसँग उनले भेट गरेका थिए। सिन्हाले भने, ‘ममता जी र मैले साथमा अटलजीको सरकारमा काम गरेका थियौँ। ममताजी सुरुदेखि नै फाइटर हुनुहुन्थ्यो। आज म तपाईंलाई एउटा कुरा भन्न चाहन्छु कि जब इन्डियन एयरलाइन्सको विमान जब अपहरण गरेर आतंकवादीले कान्धार लगेका थिए, क्याबिनेट बैठकमा ममताजीले आफू बन्धक बनेर अन्यलाई छोडन् तयार रहेको बताएकी थिइन्।’ त्यतिबेला ममता बनर्जी अटल सरकारमा रेलमन्त्री थिइन्।
सिन्हाले सन् २००९ को चुनाव जितेका थिए। तर, सन् २०१४ मा नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि बीजेपीले टिकट नदिएपछि मोदीसँग उनी रुष्ट बनेका थिए। अन्ततः सन् २०१८ मा २१ वर्ष बीजेपीमा रहेर उनले पार्टीबाट राजीनामा दिएका थिए।
यद्यपि, सिन्हाका छोरा जयन्त सिन्हा अहिलेसम्म बीजेपीमा नै रहेका छन् र उनी झारखण्डको हजारीबागबाट लोकसभा सिटबाट सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।