नयाँदिल्ली– भारतमा गुडिरहेको शताब्दी एक्सप्रेसकाे रेलमा आगलागी भएको छ। नयाँ दिल्लीबाट देहरादून गइरहेको रेलमा अचानक आगलागी भएको हो।
‘आगलागीबाट मानविय क्षति नभएको प्रहरीको भनाइ छ। रेलको एक बक्समा आगलागी हुँदा सबैतिर आगो फैलिएको थियो तर सबै यात्रुलाई सुरक्षित बाहिर सकुशल निकाल्यौं, ’उत्तराखण्डको प्रहरी महानिर्देशक अशोक कुमारले भने।
भारतीय सञ्चारमाध्यमका अनुसार रेलमा आगो लाग्नासाथ चालकले इमर्जेन्सी ब्रेक लगाएर जंगलबीचमै रोकेका थिए। साथै आगलागी भएको रेलको डिब्बलाई अलग गरिएकाे थियाे।
आगोलागीको कारणबारे अनुसन्धान भइरहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।