काठमाडाैं– भारत, अमेरिका, जापान र अस्ट्रेलियाको संगठन (क्वाड)का नेताहरु एसियामा कोरोना भाइरसविरुद्धको एक अर्ब डोज खोप उपलब्ध गराउन सहमत भएका छन्।
सन् २०२२ को अन्त्यसम्ममा एसियाली देशहरुलाई एक अर्ब खोप उपलब्ध गराउने सहमति भएको हो। एसियामा वितरण गरिने खोप एक मात्रा मात्रै लगाए हुने जोन्सन एण्ड जोन्सनको खोप रहने सम्भावना छ। सो खोपको उत्पादन भारत हुनेछ।
यसका साथै भारतलाई कोरोना भाइरसविरुद्धको खोप उत्पादन बढाउन वित्तीय सहयोग प्रदान गरिने भएकाे छ। काेरोना खोपको अभाव कम गर्ने, खोप कार्यक्रम बढाउने र कोरोना महामारी अन्त्यको लागि यो योजना अघि सारिएको हाे।
सन् २००७ मा सुरु भएको क्वाड ग्रुप अन्तर्गत नेताहरुको पहिलो भर्चुअल बैठकमा अमेरिका राष्ट्रपति जो वाइडेन, अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, जापानका प्रधानमन्त्री योशिहिदे सुगा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।