नयाँदिल्ली– भारतमा काेराेना भाइरसकाे दाेस्राे लहर सुरु भएकाे हुनसक्ने चिकित्सकहरुले बताएका छन्। सातामा प्रतिदिन औसत १० हजार ९ सय ८८ बिरामी भेटिएन थालेपछि दाेस्राे लहर सुरु भएकाे हुनसक्ने आशंका गरिएकाे हाे।
धेरै आर्थिक र सामाजिक गतिविधिहरुमा लगाइएका कडाई खुकुलो भएर मानिसहरुले सहज अनुभव गर्न थालेपछि यो संख्या बिस्तारै बढ्न थालेकाे चिकित्सकहरुले बताएका छन्।
यही समय भारतमा परीक्षण दर पनि निकै घटेको छ। फेब्रुअरी ११ मा भारतमा महामारी निकै न्युन अवस्थामा थियो। तर अहिले काेराेना संक्रमितकाे संख्या उच्च छ।
गत साता औसतमा भारतमा प्रतिदिन ७ लाख २५ हजार ६ सय २६ वटा नमूना परीक्षण गरिएको थियो। जबकी, अक्टुबर १० सम्म यहाँ एक साताको अवधिमा प्रतिदिन औसतमा ११ लाख ९६ हजार ९ सय ७२ जनामा परीक्षण गरिएको थियो।
गत बुधबारसम्म एक साताको अवधिमा प्रतिदिन औसत १८ हजार ३ सय ७१ जनामा संक्रमण देखिएको छ। यसरी, महामारीको पहिलो लहर न्युन बिन्दुमा आइसकेपछि फेरि संक्रमितको संख्या ६७ प्रतिशतले बढेको छ।
एक साताको अवधिमा पञ्जावमा औसत दैनिक संक्रमित सबैभन्दा धेरै देखिएका छन्। पहिलो लहरपछि यहाँ ५ सय ९ प्रतिशतले संक्रमितको संख्या बढेको छ। राष्ट्रिय औसतको दाँजोमा यो झन्डै ८ गुणाले बढी हो।
यता महाराष्ट्रमा राज्यमा ११ फेब्रुअरी ११ सम्म जुन संख्यामा संक्रमित देखिएका थिए, अहिले त्यसको ३३१ प्रतिशतले संक्रमण बढेको छ।
त्यस्तै हरियाणामा पनि ८ फेब्रुअरीसम्मको साता औसतमा प्रतिदिन ७४ जना संक्रमित देखिएकोमा पछिल्लो साता संक्रमित बढेर प्रतिदिन २ सय ९७ पुगेको छ। यहाँ ३ सय २ प्रतिशतले संक्रमित संख्या बढेको हो।
त्यसैगरी मध्य प्रदेशमा पहिलो लहरको न्युन बिन्दुको दाँजोमा १ सय ६४ प्रतिशत, दिल्लीमा १ सय ४० प्रतिशत, आसाममा १ सय ३८ प्रतिशत, गुजरातमा १ सय २५ प्रतिशत राजस्थानमा १ सय ११ प्रतिशत र आन्ध्र प्रदेशमा १ सय ५ प्रतिशले वृद्धी देखिएको छ।
धेरै जनसंख्या बसोबास गर्ने २० राज्यमध्ये १७ राज्यमा संक्रमण २० प्रतिशतभन्दा धेरैले बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।