काठमाडाैं– बेलायती सरकारले ब्याजर नामक पशुलाई मार्नका लागि लाइसेन्स जारी गर्ने भएकाे छ। ब्याजरहरूबाट बोभाइन ट्युबरक्युलोसिस (जनावरमा टिभी फैलाउने) फैलिने खतरा रहेकोले मार्नको लागि सरकारको लाइसेन्स जारी गर्न लागेकाे हाे।
वाइल्डलाइफ ट्रस्टमा प्रकाशित एक रिपोर्टअनुसार, ब्याजरहरूलाई मार्नका लागि लाइसेन्स जारी गरिएमा चार वर्षसम्म वैध रहनेछ। अर्थात् २०२५ सम्म ब्याजर मार्न पाइने छ।
यसले १३ हजार ब्याजरहरू जोखिममा पर्ने जनाइएकाे छ। यता पशुअधिकारवादी र वातावरणविद्हरूले अनावश्यक रूपमा ब्याजरहरूलाई मार्न नदिन सरकारलाई आग्रह गरेका छन्।
उनीहरुले यसकाे बिकल्पमा ब्याजरलाई खोप लगाउन सरकारसँग आग्रह गरेका छन्। उनीहरुकाे तर्क छ– खाेप लगायाे भने ब्याजरबाट रोग सर्दैन।
ब्याजरका कैयौं प्रजाति हुन्छन्। ब्याजरको शरीर सानो र चौडा हुन्छ। यसका खुट्टा साना हुन्छन्, कान ठूला हुन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।