काठमाडौं– गत वर्ष नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ सम्मानित भएका छन्।
नेपाल सितोरियो कराते संघ, ठमेल शाखा डोजोको आयोजनमा शुक्रबारदेखि सुरु भएको छैठौं अन्तर्राष्ट्रिय जुनियर कराते प्रतियोगिताको उद्घाटनका अवसरमा गौरिका र मन्देकाजीलाई सम्मान गरिएको हो।
सागमा गौरिकाले ४ स्वर्ण, २ रजत र ३ कांस्य जितेकी थिइन्। मन्देकाजीले दुई स्वर्ण पदक जितेका थिए।
गौरिका र मन्देकाजीलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र आयोजक डोजोका अध्यक्ष सन्तोष श्रेष्ठले सम्मान गरे।
प्रतियोगितामा नेपाल र भारतका करिब ३ सय खेलाडीले विभिन्न ४० स्पर्धामा प्रतिस्पर्धा गरिरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए। दुईदिने प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।