काठमाडौं- विस्फोटक पदार्थमा प्रयोग हुने युरेनियमसहित चार जना पक्राउ परेका छन्।
बिहीबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले उनीहरूलाई काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो।
युरेनियमसहित पक्राउ परेको यो घटना नेपालमा नै पहिलोपटक भएको कार्यालयले बताएको छ।
साढे २ किलोग्राम युरेनिमयसहित उनीहरूलाई पक्राउ गरिएको कार्यालयले जानकारी दिएको छ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्दा उनीहरूबाट बरामद भएको पदार्थ युरेनियम नै भएको प्रमाणित भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।