नयाँदिल्ली– बलिउड फिल्म ‘रुही’ले बक्सअफिसमा पहिलो दिन ३ करोड ६ लाख रुपैयाँको व्यापार गरेको छ। बलिउड ट्रेड एनालिष्ट तरण आदर्शका अनुसार बिहीबार शिवरात्रिको दिन ३ कराेड ६ लाख कमाएकाे हाे।
कारोना महामारी कायमै रहेको अवस्थामा फिल्मको उक्त बक्सअफिस कलेक्सनलाई सकारात्मक रुपमा लिइएको छ। फिल्ममा जान्ह्वी कपूर, राजकुमार राव र वरुण शर्माको मुख्य अभिनय रहेको छ। जान्ह्वी डबल रोलमा छिन्।
फिल्ममा बरुण शर्माको पनि मुख्य भूमिका रहेको छ। तर, फिल्मले समिक्षा निकै नै कमजोर पाएको थियाे। फिल्मकाे कथा, पटकथा र संवाद निकै फितलो भएको भन्दै केही समिक्षकले यसलाई १ रेटिङ दिएका थिए।
दर्शकहरुले यस फिल्मलाई मिक्स रिएक्शन दिएका छन्। क्रिटिकल्ली फिल्मले राम्रो रेस्पोन्स पाएको छ। ‘रुही’को करिब ३० करोड भारतीय रुपैयाँमा निर्माण भएकाे फिल्म हाे।
यस फिल्मको प्रोमोशनका लागि अभिनेता राजकुमार रावले टिकट काउन्टर सम्हालेका थिए। उनी आफैले दिल्लीको एक थिएटरमा टिकट बेचेका थिए। उक्त तस्वीर सोसल मिडियाहरुमा भाइरल समेत भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।