काठमाडाैं– दक्षिण अफ्रिकाका जुलु समुदायमा झण्डै पाँच दशक शासन गरेका राजा गूडविल ज्वेलिथिनीको निधन भएको छ।
मधुमेहसँग सम्बन्धित रोगका कारण गम्भीर बिरामी भई उपचारका लागि अस्पतालमा भर्ना भएका उनकाे शुक्रबार ७२ वर्षको उमेरमा निधन भएको राजदरबारले घोषणा गरेको छ।
राजदरबारले जारी गरेको विज्ञप्तिमा जुलु देशका राजा गूडविल ज्वेलिथिनीको शुक्रबार बिहान निधन भएको जनाइएकाे छ।
सन् १९४८ मा उत्तरी क्वाजुलु–नाटालको नोङ्गोमामा जन्मेका गूडविल सन् १९६८ देखि राजगद्दीमा रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।