संखुवासभा- सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएसँगै गृहमन्त्रालयले नेकपा नेतालाई रिहा गर्न सर्कुलर गरेको छ। तर, खाँदबारी कारागार संखुवासभामा रहेका नेताका केही नेता कार्यकर्ता भने छुटेका छैनन्।
'विप्लव' नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इञ्चार्ज माइला लामा एक वर्षदेखि जिल्ला कारागार खाँदबारीमा छन्। अदालतको आदेश नआउँदा खाँदबारी कारागारमा रहेका लामासहित नेकपाका १० कार्यकर्ता छुट्न सकेका छैनन्।
खाँदबारी कारागारमा सङ्खुवासभा जिल्ला इञ्चार्ज देव गुरुङ, जिल्ला सदस्य सुनिता राई, यामप्रसाद गौतमलगायत छन्। ‘विप्लव’का नेता/कार्यकर्ता छाड्न अदालत वा जिल्ला प्रशासनबाट कुनै किसिमको पत्र आफूकहाँ नआएको खाँदबारी कारागारका प्रमुख विनोद अधिकारीले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।