जनकपुरधाम– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आफू भाषण भन्दा काम गर्ने मान्छे भएको बताएका छन् ।
रास्वपाले सोमबार जनकपुरधाममा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै बालेनले भने, ‘म काम गर्ने मान्छे हुँ, भाषण होइन । काम गरेको हेर्न चाहनुहुन्छ?।’
बालेनले आफू काम गर्ने मान्छे रहेको भन्दै मधेसी जनतालाई भने, ‘काम दिनुस्, काम गरेर देखाउँछु । काठमाडौँवासीले जसरी काम गरेर देखाउन मलाई मौका दिनुभयो, त्यसरी तपाईंहरू पनि मलाई काम गर्न जिम्मा दिनुहुन्छ ?’
उनले आफूलाई काठमाडौंका जनताले काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित गरेपछि काम गरेर देखाएको चर्चा गर्दै उनले भने, ‘काठमाडौंबासीले मेरो काम देखिसकेका छन् । अब यहाँहरू पनि मेरो काम हेर्न चाहनुहुन्छ ?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।