जनकपुरधाम– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि सरकारले जस्तोसुकै मुद्दा लगाए पनि अब चिन्ता नभएको बताएका छन् ।
सोमबार जनकपुरधाममा आयोजित रास्वपाको जनसभालाई सम्बोधन गर्दै लामिछानेले उक्त कुरा बताएका हुन् ।
लामिछानेले भने– ‘कुनै दिन अपदस्थ भएर हेलिकप्टर चढेर भागेको सरकारले, बच्चालाई टाउको र छातीमा ताकेर गोली हानेको सरकारले ममाथि लगाएको मुद्दा मलाई कुनै पनि दिन जेल पुर्याउला मलाई अब चिन्ता छैन किनकि देशले बालेन पाएको छ ।’
उनले मधेसले उन्नत बिउ रोपेको र अहिलेको अवस्थालाई ‘हिलोको बिउ’ भएको संज्ञा दिँदै मधेसले आफ्नो सपना खोसेर लिने बताए ।
चितवनको जनताले संसद्कै सबैभन्दा धेरै भोट दिए पनि सरकारले छलछाम गरेको लामिछानेको आरोप थियो। उनले पहिला आफूले सबैभन्दा धेरै भोट ल्याएकोमा अब पार्टीले सबैभन्दा धेरै भोट ल्याउने दाबी गरे। ‘मलाई प्रवाह छैन त्यस्ता मुद्दा लाग्दै गर्छ जिते जितिन्छ, हारे हारिन्छ,’ उनले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।