नयाँदिल्ली– उत्तरप्रदेशको आगरामा भएकाे सडक दुर्घटनामा परि ९ जनाको मृत्यु भएको छ। बिहीबार बिहान सवा पाँच बजे बिहारको गयाबाट दिल्ली जाँदै स्कार्पियाे आगराको एत्माद्दौला क्षेत्रमा कन्टेनरसँग ठोक्किएकाे हाे।
दुर्घटनामा ज्यान गुमाउनेमध्ये ७ जना बिहारका र दुई जना झारखण्डका रहेको भारतीय पत्रिका दैनिक भास्करकाे अनलाइन संस्करणले जनाएकाे छ।
दुर्घटनामा गम्भीर घाइते भएका ४ जनालाई एनएस मेडिकल कलेजमा भर्ना गरिएको छ। स्कार्पियो जीप अनियन्त्रित भएर सडकको डिभाइडरमा ठोक्किए गलत दिशातर्फ पुगेको थियो।
दुर्घटनापछि कन्टेनरका चालक फरार रहेको बताइएको छ। जीपको बाहिरी भाग काटेर शव तथा घाइतेहरुलाई बाहिर निकालिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।