काठमाडाैं– बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू :
१) जनता समाजवादी पार्टीले निर्णय लिन सकेन, राजनीतिक संकट समाधानका लागि तीन दलसँग छलफल गरेर निर्णय लिने, चैत ५ गते कार्यकारिणी परिषद्को बैठक बोलाउने ।
२) चैतको दोस्रो साताबाट मेलम्चीको पानी काठमाडौंका घर–घरमा वितरण गरिने, पहिलो चरणमा आउने भनिएको दैनिक १७ करोड लिटर प्रणालीमा जान अझै केही समय लाग्ने ।
३) ललितपुर, चितवन र ?पन्देही जिल्लाका तीनवटा सामुदायिक वनमा एउटै व्यक्तिको अवैध जिपलाइन, बाग्मती प्रदेशका पर्यटन मन्त्रीले नै गरेका थिए उद्घाटन ।
४) राष्ट्रपति बाइडनले अघि सारेको १९ खर्ब डलर बराबरको कोभिड राहत प्याकेज अमेरिकी संसदबाट पारित, अधिकांश अमेरिकीहरूले पाउने गरि एकमुष्ट प्रतिव्यक्ति १४ सय डलरको सहयोग सामेल ।
५) र, काठमाडौं मेयर्स एघार टिमलाई सात विकेटले पराजित एपिएफ ‘काठमाडौं मेयर्स कप’ क्रिकेट प्रतियोगिताको फाइनलमा, उपाधिका एपिएफ र नेपाल पुलिस क्लबीच प्रतिस्पर्धा हुने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।