• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर १०, २०८२ Wed, Nov 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कस्तो होला ब्युँतिएपछिको एमालेको पहिलो बैठक!

64x64
किशोर दहाल बिहीबार, फागुन २७, २०७७  २०:३८
1140x725

काठमाडौं- सर्वोच्च अदालतले फागुन २३ मा गरेको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएका छन्। माओवादी केन्द्रको बैठक बस्न र निर्णय लिन सुरु भइसकेको छ। तर, एमाले बैठकको भने कुनै टुंगो छैन। जबकि, नेकपा गठन हुनुभन्दा अघि एमालेको छवि बैठक बसिरहने र निर्णय गर्ने पार्टीका रुपमा परिचित थियो।

एमालेको विधानमा महासचिवले अध्यक्षको परामर्शमा केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने र बैठकको कार्यसूची तयार गर्ने व्यवस्था छ। 

सर्वोच्च अदालतको फैसलाअनुसार ब्युँतिएपछिको एमालेमा अध्यक्ष र महासचिव एकै समूहका छन्। प्रधानमन्त्री केपी शर्मा ओली एमालेका अध्यक्ष हुन् भने उनकै समूहमा रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल महासचिव। तर, एमालेको बैठक बोलाइने छेकछन्द देखिएको छैन।

बुधबार साँझ ‍माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरुको भेलामा पनि कमिटी बैठकको कुरा उठेको थियो। नयाँ बानेश्वरको अर्याल होटलमा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुले बैठकप्रति अपेक्षा व्यक्त गरेका थिए।

'अब पार्टीलाई कसरी बलियो र संगठित बनाएर लैजान सकिन्छ। त्यो विषयलाई ध्यानमा राखेर छलफल भएको छ,' भेलापछि नेपाल समूहमा रहेका एमाले नेता रघुजी पन्तले उपस्थित पत्रकारहरुलाई भनेका थिए, 'यो विषयमा मुख्य रुपमा पार्टीको अध्यक्षको रुपमा केपी कमरेडले छिट्टै विभिन्न कमिटीको बैठक बोलाउनुहोला भन्ने हामीले अपेक्षा गरेका छौं।'

नेपाल पक्षका नेता विष्णु रिजालले केन्द्रीय कमिटीको बैठक बोलाउँदा राम्रो हुने बताए। 'बस्न त जुन कमिटीको बैठक बस्दा पनि हुन्छ। तर, लामो समय भएकाले केन्द्रीय कमिटीको बैठक बस्दा नै राम्रो हुन्छ', उनी भन्छन्।

तर, अध्यक्ष ओली पक्षका नेताहरुका भनाइ सुन्दा तत्काल बैठक बोलाउने सम्भावना देखिँदैन। प्रधानमन्त्री ओलीनिकट केन्द्रीय सदस्य विशाल भट्टराई भने केन्द्रीय कमिटीको बैठक छिट्टै बस्ने बताउँछन्।

नेकपा एमालेको रुपमा बैठक नबसेको झन्डै ३४ महिना भइसकेको छ। त्यसो त, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) क्रियाशील रहँदा पनि केन्द्रीय कमिटीको बैठक खासै बसेन। त्यसैले लामो समयपछि बस्ने बैठकले गर्ने निर्णयप्रति आमरुपमा पनि चासो छ। बैठकले कस्तो निर्णय गर्नुपर्ला? रिजाल भन्छन्, 'अहिलेसम्मको परिस्थितिको एउटा समीक्षा गरेर जानुपर्छ होला।'

Ncell 2
Ncell 2

अध्यक्ष ओली पक्षका नेताहरुका भनाइ सुन्दा तत्काल बैठक बोलाउने सम्भावना देखिँदैन। प्रधानमन्त्री ओलीनिकट केन्द्रीय सदस्य विशाल भट्टराई भने केन्द्रीय कमिटीको बैठक छिट्टै बस्ने बताउँछन्।

सर्वोच्च अदालतले एउटा स्थिति ल्याएकोले २०७५ जेठ ३ गते पार्टीको जस्तो अवस्था थियो, त्यही स्थितिबाट पार्टीलाई अगाडि बढाउनुपर्ने उनले बताए।

ओली पक्ष भने एमालेको अब बस्ने बैठकले नेताहरुको जिम्मेवारी समेत हेरफेर गर्ने बताउँछ। 'तीन वर्षको बीचमा पार्टी ठहराव र गतिहीनताको स्थितिमा रह्यो। अब पार्टीलाई गतिशील बनाउन र राष्ट्रव्यापी रुपमा विस्तार गर्नका लागि छिट्टै केन्द्रीय कमिटीको बैठक बसेर जिम्मेवारीको पुनर्व्यवस्थापन र पुनर्संरचना गरिन्छ', भट्टराईको भनाइ छ।

उनले बैठकको पूर्वतयारी भने केही पनि नभएको स्पष्ट पारे। तर, अब बस्ने बैठकमा प्रतिवेदन पेस हुने र त्यसमा छलफल भई पास गरिएपछि बाँकी निर्णयहरु पनि हुँदै जाने उनले बताए।

एमालेको विधानमा 'कमिटीका बहुमत सदस्यहरूले माग गरेको खण्डमा केन्द्रीय कमिटीको बैठक १५ दिनभित्र र मातहत कमिटीको बैठक ७ दिनभित्र बोलाउनु पर्नेछ' भन्ने व्यवस्था गरिएको छ। बैठक अपेक्षा गरेको भए पनि माधव पक्ष भने त्यसरी औपचारिक प्रक्रियाबाट बैठकको माग गर्ने पक्षमा देखिँदैन। उनीहरु बैठकको अपेक्षा मात्रै गरिरहेका छन्। 'अहिले हामी केन्द्रीय कमिटीका सदस्यहरुले बैठक माग गरिहाल्ने अवस्था छैन। भावनात्मक आधार नभइकन हामीहरु बैठकमा पनि कसरी जाने?', केन्द्रीय सदस्य रामकुमारी झाँक्री भन्छिन्।

अहिले सरकार एमालेकै नेतृत्वमा छ। तर, यसबारे एमालेका नेताहरु पहिलेदेखि नै विभाजित छन्। प्रतिनिधि सभा विघटनपछि धेरै नेताले प्रधानमन्त्री ओलीविरुद्ध संघर्ष नै गरेका थिए। अर्कोतिर, अहिलेको सरकारको निरन्तरतामाथि प्रशस्तै बहस भइरहेको छ। तर, शीर्ष नेताहरुबीच यस विषयमा छलफल हुन सकेको छैन। बुधबार संसद् बैठकपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सरकार टिकाउने वा नटिकाउने विषयमा आफूसँग कसैले कुरा नगरेको बताएका थिए।

ओली पक्षका नेता सुवास नेम्वाङले भने बुधबार प्रतिनिधि सभा बैठकमा सहभागीपछि पत्रकारहरूलाई नेपाल र खनाल पक्षलाई सम्मानजनक व्यवहार गर्ने बताएका थिए।

केन्द्रीय सदस्य झाँक्री यतिबेला नेतृत्व (ओली पक्ष)को उदारतापूर्ण छाती आवश्यक रहेको बताउँछिन्। त्यसो भयो भने मात्रै एमाले भावनात्मक र राजनीतिक रुपले एकताबद्ध रहन सक्ने उनको भनाइ छ।

ओली पक्षका नेता सुवास नेम्वाङले भने बुधबार प्रतिनिधि सभा बैठकमा सहभागीपछि पत्रकारहरूलाई नेपाल र खनाल पक्षलाई सम्मानजनक व्यवहार गर्ने बताएका थिए।

एमाले ब्युँतिए पनि त्यहाँभित्र सहज वातावरण बनिनसकेको र बन्न समय लाग्ने नेताहरुको भनाइबाट आकलन गर्न सकिन्छ। अहिले शीर्ष नेताहरुबीच छलफल नभएको तर दोस्रो तहका नेताहरुबीच भने सामान्य 'हाइहेल्लो' भइरहेको जानकार नेताहरु बताउँछन्। 

विगतका कतिपय कुरालाई बिर्सेर अघि बढ्नुपर्ने नेता पन्तको भनाइ छ। 'हिजोका कतिपय कुराहरुलाई हामीले बिर्सिनुपर्छ। र नयाँ परिस्थितिमा नयाँ ढंगले अघि बढ्नुपर्छ', उनले भने, 'हिजो संसद् विघटन भएपछि उत्पन्न भएको परिस्थितिमा आ-आफ्ना राय, विचार व्यक्त गरिए। त्यो कुरा हिजोको विगत भइसक्यो। अब पार्टीको एकता, पार्टीको भविष्य र जनताको हितलाई सर्वोपरि राखेर अगाडि बढ्नुपर्छ भन्ने कुरा हो।'

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नै रहेको अवस्थामा ओली एकातिर थिए, नेपाल र झलनाथ खनाल अर्को पक्षमा थिए। नेपाल र खनालको निकटता पुष्पकमल दाहाल 'प्रचण्ड'तिर थियो। प्रतिनिधि सभा विघटन गरिएपछि त्यो सम्बन्ध तिक्ततापूर्ण थियो। त्यसको असर एमाले ब्युँतिएपछि पनि देखिएको छ। कतिपय ठाउँमा कार्यकर्ताबीच हानाहानको अवस्था उत्पन्न भएको छ।

बुधबार मात्रै धनगढीमा ओली पक्षले कर्ण थापाको नेतृत्वमा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलको ठाउँमा लेखराज भट्टको नेमप्लेट राखेपछि नेपाल पक्षले प्रतिवाद गरेको थियो। विवाद बढ्दै जाँदा हानाहानको स्थिति उत्पन्न भयो। त्यो र त्यसखालको घटनाप्रति नेपाल पक्षले कडा आपत्ति जनाएका छन्।

'पार्टी कसरी चलाउने भन्ने त अध्यक्षको र पुनः जिम्मेवारीमा हुनुभएको महासचिवको सोच पनि होला। उहाँहरुले पार्टीलाई कसरी अगाडि लैजाने, विभाजित भावनाहरुलाई कसरी समेट्ने भन्ने कुरा होला', झाँक्री भन्छिन्। यस्तो स्थितिमा अब बस्ने एमालेको औपचारिक बैठक कस्तो होला भन्नेमा धेरैको चासो छ नै।

प्रकाशित मिति: बिहीबार, फागुन २७, २०७७  २०:३८
  • #समिति_बैठक
  • #केपी_ओली
  • #माधव_नेपाल
  • #नेकपा_एमाले

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रतिनिधिसभा सदस्य निर्वाचन, आज दल दर्ता गर्ने अन्तिम दिन चुनावमा सहभागिताका लागि १० मंसिरसम्म दल दर्ता गर्नु पर्ने निर्वाचन आयोगले जनाएको छ । बुधबार, मंसिर १०, २०८२
सबै राजनीतिक दल निर्वाचनका लागि तयार छन् : सञ्चारमन्त्री खरेल मंगलवार एमालेले पनि निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएपछि उनको यस्तो प्रतिक्रिया आएको हो। मंगलबार, मंसिर ९, २०८२
ईश्वर पोखरेलद्वारा एमाले अध्यक्षमा उम्मेदवारी घोषणा यसअघि बसेको पार्टीको सचिवालय बैठकमा पनि उनले आफू अध्यक्ष बन्ने जानकारी गराएका थिए। मंगलबार, मंसिर ९, २०८२
ताजा समाचारसबै
प्रतिनिधिसभा सदस्य निर्वाचन, आज दल दर्ता गर्ने अन्तिम दिन बुधबार, मंसिर १०, २०८२
गैरहाजिर रहेका २७ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन बुधबार, मंसिर १०, २०८२
एनपीएल: विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै बुधबार, मंसिर १०, २०८२
आज यस्तो रहनेछ देशभरको मौसम बुधबार, मंसिर १०, २०८२
दन्तविहीन अवस्थामा कस्तो दाँत राख्ने? बुधबार, मंसिर १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
ईश्वर पोखरेलद्वारा एमाले अध्यक्षमा उम्मेदवारी घोषणा मंगलबार, मंसिर ९, २०८२
मन्त्रिपरिषद्का १४ निर्णय सार्वजनिक (सूचीसहित) मंगलबार, मंसिर ९, २०८२
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान मंगलबार, मंसिर ९, २०८२
प्रधानमन्त्री कार्कीद्वारा मुख्यसचिव अर्याललाई बिदाइ मंगलबार, मंसिर ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य बुधबार, मंसिर ३, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्