• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कस्तो होला ब्युँतिएपछिको एमालेको पहिलो बैठक!

64x64
किशोर दहाल बिहीबार, फागुन २७, २०७७  २०:३८
1140x725

काठमाडौं- सर्वोच्च अदालतले फागुन २३ मा गरेको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएका छन्। माओवादी केन्द्रको बैठक बस्न र निर्णय लिन सुरु भइसकेको छ। तर, एमाले बैठकको भने कुनै टुंगो छैन। जबकि, नेकपा गठन हुनुभन्दा अघि एमालेको छवि बैठक बसिरहने र निर्णय गर्ने पार्टीका रुपमा परिचित थियो।

एमालेको विधानमा महासचिवले अध्यक्षको परामर्शमा केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने र बैठकको कार्यसूची तयार गर्ने व्यवस्था छ। 

सर्वोच्च अदालतको फैसलाअनुसार ब्युँतिएपछिको एमालेमा अध्यक्ष र महासचिव एकै समूहका छन्। प्रधानमन्त्री केपी शर्मा ओली एमालेका अध्यक्ष हुन् भने उनकै समूहमा रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल महासचिव। तर, एमालेको बैठक बोलाइने छेकछन्द देखिएको छैन।

बुधबार साँझ ‍माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरुको भेलामा पनि कमिटी बैठकको कुरा उठेको थियो। नयाँ बानेश्वरको अर्याल होटलमा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुले बैठकप्रति अपेक्षा व्यक्त गरेका थिए।

'अब पार्टीलाई कसरी बलियो र संगठित बनाएर लैजान सकिन्छ। त्यो विषयलाई ध्यानमा राखेर छलफल भएको छ,' भेलापछि नेपाल समूहमा रहेका एमाले नेता रघुजी पन्तले उपस्थित पत्रकारहरुलाई भनेका थिए, 'यो विषयमा मुख्य रुपमा पार्टीको अध्यक्षको रुपमा केपी कमरेडले छिट्टै विभिन्न कमिटीको बैठक बोलाउनुहोला भन्ने हामीले अपेक्षा गरेका छौं।'

नेपाल पक्षका नेता विष्णु रिजालले केन्द्रीय कमिटीको बैठक बोलाउँदा राम्रो हुने बताए। 'बस्न त जुन कमिटीको बैठक बस्दा पनि हुन्छ। तर, लामो समय भएकाले केन्द्रीय कमिटीको बैठक बस्दा नै राम्रो हुन्छ', उनी भन्छन्।

तर, अध्यक्ष ओली पक्षका नेताहरुका भनाइ सुन्दा तत्काल बैठक बोलाउने सम्भावना देखिँदैन। प्रधानमन्त्री ओलीनिकट केन्द्रीय सदस्य विशाल भट्टराई भने केन्द्रीय कमिटीको बैठक छिट्टै बस्ने बताउँछन्।

नेकपा एमालेको रुपमा बैठक नबसेको झन्डै ३४ महिना भइसकेको छ। त्यसो त, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) क्रियाशील रहँदा पनि केन्द्रीय कमिटीको बैठक खासै बसेन। त्यसैले लामो समयपछि बस्ने बैठकले गर्ने निर्णयप्रति आमरुपमा पनि चासो छ। बैठकले कस्तो निर्णय गर्नुपर्ला? रिजाल भन्छन्, 'अहिलेसम्मको परिस्थितिको एउटा समीक्षा गरेर जानुपर्छ होला।'

Ncell 2
Ncell 2
nimb
nimb

अध्यक्ष ओली पक्षका नेताहरुका भनाइ सुन्दा तत्काल बैठक बोलाउने सम्भावना देखिँदैन। प्रधानमन्त्री ओलीनिकट केन्द्रीय सदस्य विशाल भट्टराई भने केन्द्रीय कमिटीको बैठक छिट्टै बस्ने बताउँछन्।

सर्वोच्च अदालतले एउटा स्थिति ल्याएकोले २०७५ जेठ ३ गते पार्टीको जस्तो अवस्था थियो, त्यही स्थितिबाट पार्टीलाई अगाडि बढाउनुपर्ने उनले बताए।

ओली पक्ष भने एमालेको अब बस्ने बैठकले नेताहरुको जिम्मेवारी समेत हेरफेर गर्ने बताउँछ। 'तीन वर्षको बीचमा पार्टी ठहराव र गतिहीनताको स्थितिमा रह्यो। अब पार्टीलाई गतिशील बनाउन र राष्ट्रव्यापी रुपमा विस्तार गर्नका लागि छिट्टै केन्द्रीय कमिटीको बैठक बसेर जिम्मेवारीको पुनर्व्यवस्थापन र पुनर्संरचना गरिन्छ', भट्टराईको भनाइ छ।

उनले बैठकको पूर्वतयारी भने केही पनि नभएको स्पष्ट पारे। तर, अब बस्ने बैठकमा प्रतिवेदन पेस हुने र त्यसमा छलफल भई पास गरिएपछि बाँकी निर्णयहरु पनि हुँदै जाने उनले बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एमालेको विधानमा 'कमिटीका बहुमत सदस्यहरूले माग गरेको खण्डमा केन्द्रीय कमिटीको बैठक १५ दिनभित्र र मातहत कमिटीको बैठक ७ दिनभित्र बोलाउनु पर्नेछ' भन्ने व्यवस्था गरिएको छ। बैठक अपेक्षा गरेको भए पनि माधव पक्ष भने त्यसरी औपचारिक प्रक्रियाबाट बैठकको माग गर्ने पक्षमा देखिँदैन। उनीहरु बैठकको अपेक्षा मात्रै गरिरहेका छन्। 'अहिले हामी केन्द्रीय कमिटीका सदस्यहरुले बैठक माग गरिहाल्ने अवस्था छैन। भावनात्मक आधार नभइकन हामीहरु बैठकमा पनि कसरी जाने?', केन्द्रीय सदस्य रामकुमारी झाँक्री भन्छिन्।

अहिले सरकार एमालेकै नेतृत्वमा छ। तर, यसबारे एमालेका नेताहरु पहिलेदेखि नै विभाजित छन्। प्रतिनिधि सभा विघटनपछि धेरै नेताले प्रधानमन्त्री ओलीविरुद्ध संघर्ष नै गरेका थिए। अर्कोतिर, अहिलेको सरकारको निरन्तरतामाथि प्रशस्तै बहस भइरहेको छ। तर, शीर्ष नेताहरुबीच यस विषयमा छलफल हुन सकेको छैन। बुधबार संसद् बैठकपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सरकार टिकाउने वा नटिकाउने विषयमा आफूसँग कसैले कुरा नगरेको बताएका थिए।

ओली पक्षका नेता सुवास नेम्वाङले भने बुधबार प्रतिनिधि सभा बैठकमा सहभागीपछि पत्रकारहरूलाई नेपाल र खनाल पक्षलाई सम्मानजनक व्यवहार गर्ने बताएका थिए।

केन्द्रीय सदस्य झाँक्री यतिबेला नेतृत्व (ओली पक्ष)को उदारतापूर्ण छाती आवश्यक रहेको बताउँछिन्। त्यसो भयो भने मात्रै एमाले भावनात्मक र राजनीतिक रुपले एकताबद्ध रहन सक्ने उनको भनाइ छ।

ओली पक्षका नेता सुवास नेम्वाङले भने बुधबार प्रतिनिधि सभा बैठकमा सहभागीपछि पत्रकारहरूलाई नेपाल र खनाल पक्षलाई सम्मानजनक व्यवहार गर्ने बताएका थिए।

एमाले ब्युँतिए पनि त्यहाँभित्र सहज वातावरण बनिनसकेको र बन्न समय लाग्ने नेताहरुको भनाइबाट आकलन गर्न सकिन्छ। अहिले शीर्ष नेताहरुबीच छलफल नभएको तर दोस्रो तहका नेताहरुबीच भने सामान्य 'हाइहेल्लो' भइरहेको जानकार नेताहरु बताउँछन्। 

विगतका कतिपय कुरालाई बिर्सेर अघि बढ्नुपर्ने नेता पन्तको भनाइ छ। 'हिजोका कतिपय कुराहरुलाई हामीले बिर्सिनुपर्छ। र नयाँ परिस्थितिमा नयाँ ढंगले अघि बढ्नुपर्छ', उनले भने, 'हिजो संसद् विघटन भएपछि उत्पन्न भएको परिस्थितिमा आ-आफ्ना राय, विचार व्यक्त गरिए। त्यो कुरा हिजोको विगत भइसक्यो। अब पार्टीको एकता, पार्टीको भविष्य र जनताको हितलाई सर्वोपरि राखेर अगाडि बढ्नुपर्छ भन्ने कुरा हो।'

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नै रहेको अवस्थामा ओली एकातिर थिए, नेपाल र झलनाथ खनाल अर्को पक्षमा थिए। नेपाल र खनालको निकटता पुष्पकमल दाहाल 'प्रचण्ड'तिर थियो। प्रतिनिधि सभा विघटन गरिएपछि त्यो सम्बन्ध तिक्ततापूर्ण थियो। त्यसको असर एमाले ब्युँतिएपछि पनि देखिएको छ। कतिपय ठाउँमा कार्यकर्ताबीच हानाहानको अवस्था उत्पन्न भएको छ।

बुधबार मात्रै धनगढीमा ओली पक्षले कर्ण थापाको नेतृत्वमा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलको ठाउँमा लेखराज भट्टको नेमप्लेट राखेपछि नेपाल पक्षले प्रतिवाद गरेको थियो। विवाद बढ्दै जाँदा हानाहानको स्थिति उत्पन्न भयो। त्यो र त्यसखालको घटनाप्रति नेपाल पक्षले कडा आपत्ति जनाएका छन्।

'पार्टी कसरी चलाउने भन्ने त अध्यक्षको र पुनः जिम्मेवारीमा हुनुभएको महासचिवको सोच पनि होला। उहाँहरुले पार्टीलाई कसरी अगाडि लैजाने, विभाजित भावनाहरुलाई कसरी समेट्ने भन्ने कुरा होला', झाँक्री भन्छिन्। यस्तो स्थितिमा अब बस्ने एमालेको औपचारिक बैठक कस्तो होला भन्नेमा धेरैको चासो छ नै।

प्रकाशित मिति: बिहीबार, फागुन २७, २०७७  २०:३८
  • #समिति_बैठक
  • #केपी_ओली
  • #माधव_नेपाल
  • #नेकपा_एमाले

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना खनाललाई मुटुसम्बन्धी सामान्य समस्या देखिएपछि आइतबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको उनका स्वकीय सचिव मिलन उपाध्यायले जा... आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन समाचारको तथ्य, प्रस्तुति र पत्रकार आचारसंहितासम्बन्धी विवाद हेर्नु काउन्सिलको जिम्मेवारी भए पनि फेसबुकमा हुने हरेक व्यक्तिगत झगडा पत... आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण शनिबार हेलिकोप्टरमार्फत चुमनुब्री–३ को सिर्दिवास झरेका गुरुङले त्यस क्षेत्रको अवलोकन तथा निरीक्षण गरे । सिर्दिबास गृहमन्त्री गुरुङको... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्