नयाँदिल्ली– सलमान खानको मुख्य भूमिका रहेको ‘टाइगर ३’को सुटिङ सुरु भएको छ। मनिष शर्माले निर्देशन गर्न लागेको फिल्मको सुटिङ बुधबारबाट सुरु गरिएकाे हाे।
बुधबारको सुटिङ सेटका केही तस्वीरसमेत सार्वजनिक भएका छन्। जहाँ फिल्मको पूरै टिम सहभागी भएको हो।
एक्सनप्रधान हुने फिल्मका लागि सलमान र कट्रिना कैफले १५ दिनको एक्सन ट्रेनिङसमेत लिएका थिए। फिल्ममा सलमान र कट्रिनाका अलवा इमरान हासमीको समेत अभिनय रहने छ।
‘एक था टाइगर’ र ‘टाइगर ज्दिा है’पछि यो उक्त शृंखलाको तेस्रो फिल्म हो। निर्माण युनिटले यो फिल्मको सम्पूर्ण काम ८ महिनाभित्र सक्ने बताएको छ।
याे फिल्म सन् २०२२ को इदमा रिलिज हुने चर्चा चलेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।