• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

भारत भागेका बर्मेली प्रहरी भन्छन्- सैन्य ‘कू’काे विराेध गर्नेलाई नेतृत्वको खाँचो छ

64x64
नेपाल लाइभ बिहीबार, फागुन २७, २०७७  १६:१३
1140x725

नयाँदिल्ली– म्यानमारमा सेनाले ‘कू’ गरेपछि भागेर भारत पसेका प्रहरी अधिकारीले प्रहरी चौकीभित्रका ९० प्रतिशतले प्रदर्शनको समर्थन गर्ने गरेको खुलासा गरेका छन्। रोयटर्सका पत्रकारले अन्तर्वार्ता दिँदै भारतमा शरण लिन आइपुग्ने बर्मेली प्रहरी अधिकारीमध्ये एक था पेङले आफूहरु सेनाको पक्षमा नरहेको बताएका हुन्। 

सैन्य ‘कू’पछि जागिरबाट राजीनामा दिएर मिजोरममा शरण लिन आइपुगेका २७ वर्षीय पेङले सरकारविरुद्ध उत्रिने प्रहरी अधिकारीलाई नेतृत्वको खाँचो रहेको समेत बताउँछन्। ‘प्रहरी चौकीभित्रका ९० प्रतिशतले प्रदर्शनको समर्थन गर्छन् तर उनीहरुलाई नेतृत्व गर्ने मान्छेको खाँचो छ’, पछिल्लो ९ वर्षयता प्रहरीमा काम गर्दै आएका पेङ भन्छन्। 

उनका अनुसार ६ जना प्रहरीले सेनाको आदेश उल्लंघन गरेका थिए। उनीहरुले मिजोरमको प्रहरीलाई बुझाएको संयुक्त विज्ञप्तिमा म्यानमारको अहिलेको अवस्थामा जनतामाथि आफूहरुले गोली चलाउन नसक्ने भएकाले शरण खोज्दै आएको उल्लेख गरेका छन्।

‘२७ फेब्रुअरीमा खाम्पाट सहरमा निस्किएको प्रदर्शनमा सहभागीहरुमाथि गोली चलाउने आदेश दिइएको थियो। तर हामीले उक्त आदेश मानेनौं। अर्को दिन एक अधिकारीले मलाई गोली हान्ने आदेश दिएका थिए। आदेश पुनः अस्वीकार गर्‍याैं र राराजीनामा दियाैं,’ उनले भने। 

उनका अनुसार म्यानमारको प्रहरीको नियममा प्रदर्शनकारीहरुलाई तितरबितर पार्न रबरको गोली प्रयोग गर्न पाइन्छ। ‘प्रदर्शन नियन्त्रणमा नआए घुँडाभन्दामुनि गोली प्रहार गर्न पाइन्छ। तर अहिले नमर्दासम्म प्रदर्शनकारीलाई गोली हान्ने आदेश दिइएको छ, जुन मानविय कार्यभन्दा विपरीत छ,’ पेङले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

फेब्रुअरी १ मा म्यानमारमा सेनाले ‘कू’ गर्दै सत्ता आफ्नो हातमा लिएको थियो। त्यसविरुद्ध जारी आन्दोलनमा अहिलेसम्म ६० जनाभन्दा धेरै प्रदर्शनकारीको मृत्यु भइसकेको छ भने दुई हजारभन्दा धेरै मानिस पक्राउ परेका छन्।

पेङ आफ्नी पत्नी र दुई साना छोरीहरुसँगै भारत छिरेका थिए। उनी मार्च १ मा उनले खाम्पटमा रहेको आफ्नो घर छाडे र परिवार लिएर तीन दिनसम्म यात्रा गरेर भारत आइपुगेका हुन्। 

‘मसँग कुनै विकल्प थिएन। प्रदर्शनकारीको सहयोग गरेको भन्दै पक्राउ पर्ने डरले हामी देश छाड्न बाध्य भयौं। कसैले नदेखोस् भन्नका लागि हामी रातको समयमा यात्रा गर्थौं। मिजोरमको भारतीय सीमा पार नगर्दासम्म हामी लुकीलुकी यात्रा गरेका थियौं,’ उनले भने।

Xtrem
Xtrem

आफूले म्यानमारका रहेका आफ्ना परिवारका अन्य सदस्यसँग बिछोड भए पनि आफू पुनः म्यानमार फर्किन नचाहेको उनी बताउँछन्।

पेङजस्ता करिब सयजना म्यानमारबाट भागेर भारत प्रवेश गरेका छन्, जसमा अधिकांश प्रहरी र उनीहरुका परिवार छन्। भारतमा शरण लिएकामध्ये केहीलाई मिजोरमको चाम्फाइ जिल्लामा राखिएको छ। 

भारत–म्यानमार सीमाक्षेत्रमा केही माइलसम्म दुवैतर्फका नागरिक कुनै पनि भ्रमण अनुमति बिना आवतजावत गर्न सक्छन्। त्यसैले पनि उनीहरुलाई भारत आउन सहज भएको भारतीय अधिकारीहरु बताउँछन्।

मिजोरमका मुख्यमन्त्री जोरमथाङ्गाले आफ्नो प्रशासनले अस्थायी रुपमा म्यानमारबाट आएका मानिसहरुलाई खाना र आवासको व्यवस्था गर्ने बताए। यद्यपि उनीहरुको विषयमा थप निर्णय भने केन्द्रको निर्देशनअनुसार गरिने उनको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, फागुन २७, २०७७  १६:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते
सम्बन्धित सामग्री
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि पुनः सैन्य आक्रमण नगर्ने घोषणा गरेका छन्। शुक्रबार, असोज २३, २०८३
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयका अनुसार, अन्तर्राष्ट्रिय आप्रवासन संगठनलाई उद्धृत गर्दै अगस्ट १ यता यमनभर १ लाख... बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु इरानको सरकारी सञ्चारमाध्यमका अनुसार बिहीबार इराकको राष्ट्रिय ध्वजावाहक वायुसेवाको विमान राजधानी तेहरान पुगेको हो । बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो शुक्रबार, असोज २३, २०८३
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते शुक्रबार, असोज २३, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशनः ६७ वर्षीय ज्येष्ठ मतदाता बुर्लाकोटीले ३८ मिनेट लगाएर गरे मतदान शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्