• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ७, २०८२ Fri, Oct 24, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

लियोन मोटर्सले सर्वोच्चको अन्तिम फैसलापछि मात्र गाडी छुटाउन पाउने

अर्थको भ्याकेट अस्वीकार, अन्तिम फैसलाको मिति छिट्टै तोकिने
64x64
नेपाल लाइभ बिहीबार, फागुन २७, २०७७  १५:०८
1140x725

काठमाडौं- भन्सार ऐन २०६४ र प्रचलित व्यवस्थाविरुद्ध हुने गरी नेपाल भित्र्याउन लागिएका मित्सुबिसीका २६ वटा प्लग-इन हाइब्रिड कार सर्वोच्च अदालतको अन्तिम फैसलापछि मात्र छुट्न पाउने भएका छन्। नेपालका लागि जापानी कार उत्पादक मित्सुबिसीको आधिकारिक बिक्रेता लियोन मोटर्सले ल्याएका २६ कारको भित्र्याउने विषय अन्तिम फैसलापछि मात्र टुंग्याउन सर्वोच्चले आदेश दिएको हो। 

नयाँ आर्थिक ऐन २०७७ कार्यान्वयनमा आएपछि (२०७७ साउनमा) नेपाल भित्र्याउन लागिएका यी कारमा आर्थिक ऐन २०७६ अनुसार भन्सार महसुल कायम हुनुपर्ने भन्दै लियोन मोटर्सले सर्वोच्चमा रिट दायर गरेको थियो। उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले कारको जाँचपास गराउन भैरहवा भन्सार कार्यालयका नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो। त्यसविरुद्ध अर्थ मन्त्रालयले सर्वोच्चमा भ्याकेट हालेको थियो। सोही भ्याकेटको सुनुवाइ गर्दै सर्वोच्चले यो विषय अन्तिम फैसलापछि मात्र टुंग्याउन भनेको हो। अन्तिम फैसलाको मिति भने सर्वोच्चले तोकेको छैन। 

२०७७ जेठ १५ गते सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटसँगै ल्याएको आर्थिक ऐन २०७७ कार्यान्वयनमा आइसकेको अवस्थामा कम्पनीले पुरानो कानुनी व्यवस्थाअनुसार गाडी छुटाउन निवेदन दिएको थियो। लियोन मोटर्सले २६ वटा गाडी भित्र्याउन २०७६ फागुनमा प्रतीतपत्र (एलसी) खोलेको थियो। तीमध्ये १६ वटा गाडी २०७६ चैतमा कलकत्ता बन्दरगाहमा आइपुगेको र नेपाल तथा भारतमा कोभिड-१९ को संक्रमण फैलिन नदिन लकडाउन गर्दा नेपाल ल्याउन नसकेका कारण आर्थिक ऐन २०७७ आउनुअघि भन्सारबाट छुटाउन नसकेको र पुरानो सुविधा नपाएकाले आफूले पुरानै आर्थिक ऐनअनुसारको कर भन्सार तिरेर गाडी छुटाउन पाउनुपर्ने लियोनको माग थियो। 

सर्वोच्चका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले रिट सुनुवाई गर्दै केही समयअघि भन्सार ऐन २०६४ र प्रचलित व्यवस्थाविरुद्ध हुने गरी नेपाल भित्र्याउन लागिएका कार यसअघि प्रचलनमा रहेको व्यवस्था र भन्सार ऐनको दफा ८ को व्यवस्थाविपरीत हुने गरी जाँचपास गराउन भैरहवा भन्सार कार्यालयको नाममा अन्तरिम आदेश दिएको थियो। 

भन्सार ऐनको व्यवस्था तथा भन्सारका प्रचलित काम कारबाही विपरीत हुने गरी ती हाइब्रिड कार छुटाउन सर्वाेच्चले आदेश दिएपछि भन्सार र अर्थ मन्त्रालय तरंगित बनेका थिए।

Ncell 2
Ncell 2

अर्थको भ्याकेटमाथि सुनुवाई गर्दै सर्वोच्चले लियोनको मागदाबी बमोजिम नहुने आदेश दिएको हो। योसँगै सर्वोच्चले उक्त मुद्दाको अन्तिम फैसला अनुसार कार्यान्वन हुने भन्दै छिट्टै अन्तिम फैसला सुनाउने उल्लेख गरेको छ। 

के थियो भन्सार दर? के भयो?
२०७६ को आर्थिक ऐनमा सरकारले वातावरणमैत्री हाइब्रिड कारलाई प्राथमिकता दिन नीति लिँदै कर छुट दिने व्यवस्था गरेको थियो। यसको दुरूपयोग गर्दै टोयोटादेखि सुजुकीसम्मका हाइब्रिड कार नेपाल भित्रिएपछि आर्थिक ऐन २०७७ मा उक्त व्यवस्थालाई परिमार्जन गरिएको थियो। 

आर्थिक ऐन २०७६ ले हाइब्रिड कारमा लाग्ने भन्सार महसुल र अन्तःशुल्कमा ५०/५० प्रतिशत छुट दिने व्यवस्था गरेको थियो। तर, सोही वर्षको मंसिरमा यो व्यवस्था परिमार्जन गर्दै सरकारले अन्तःशुल्क छुट सुविधा खारेज गर्‍यो। आर्थिक ऐन २०७७ मार्फत् हाइब्रिड गाडीमा दिइएका ती दुवै सुविधा खारेज गरिएको छ। 

सर्वोच्चको उक्त आदेशअनुसार छुट दिने हो भने बजेट आउनुअघि एलसी खोलिएका सम्पूर्ण वस्तुको जाँचपास पुरानो करको दरअनुसार गर्नुपर्छ। तर, भन्सार ऐनको दफा ८ मा ‘निकासी वा पैठारी हुने मालवस्तुको महसुल सो मालवस्तु भन्सार कार्यालयबाट जाँचपास गर्ने मितिमा कायम भएको दरअनुसार हुनुपर्ने’ उल्लेख छ। 

यसअनुसार मित्सुबिसीका कार पनि जुन दिन जाँचपास हुन्छ, त्यही दिन कायम भएको भन्सार दरअनुसार छुट्नुपर्नेमा अदालतले ऐनको व्यवस्था नै नहेरी पुरानै व्यवस्था अनुसार कर तिरेर कार छुटाउन आदेश गरेको थियो। अब भने मित्सुबिसीका २६ वटा आउट ल्यान्डर हाइब्रिड कार सर्वोच्चको अन्तिम फैसलापछि मात्र छुट्ने छन्।

प्रकाशित मिति: बिहीबार, फागुन २७, २०७७  १५:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाहिर हल्ला भएजस्तो म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन:मन्त्री घिसिङ
राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण
आज तिहारको मुख्य दिन भाइटीका, उत्तम साइत ११:३९ मा
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
बाहिर हल्ला भएजस्तो म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन:मन्त्री घिसिङ शुक्रबार, कात्तिक ७, २०८२
राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण बिहीबार, कात्तिक ६, २०८२
आज तिहारको मुख्य दिन भाइटीका, उत्तम साइत ११:३९ मा बिहीबार, कात्तिक ६, २०८२
गृहमन्त्रीले मसँग गम्भीर दुष्मनी लिन खोजे : ओली बुधबार, कात्तिक ५, २०८२
नेपाली नोटमा नेपाल संवत् राख्ने प्रक्रिया अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता बुधबार, कात्तिक ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण बिहीबार, कात्तिक ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
नेपालले पहिले ब्याटिङ गर्दै, टिममा तीन परिवर्तन शुक्रबार, असोज ३१, २०८२
अनामनगरको एक स्टुडियोमा युवतीद्वारा आत्मदाह प्रयास शनिबार, कात्तिक १, २०८२
एमाले बैठकमा ओलीलाई सिंहको प्रश्न- दुई पटक आफैँले विघटन गरेको संसद् पुनर्स्थापनाको माग राख्दा हाँसोको पात्र हुँदैनौं? शुक्रबार, असोज ३१, २०८२
आम नागरिकलाई हत्या गरेर क्रम नरोकिए गाजामा घुसेर हमासलाई सिध्याउने ट्रम्पको चेतावनी शुक्रबार, असोज ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्