• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ ९, २०८३ Sat, May 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राजेन्द्र महतो भन्छन्- ‘हामीलाई सत्ताको लोभी देखाएर मार्न खोजिँदैछ’

64x64
वीरेन्द्र ओली बुधबार, फागुन २६, २०७७  १८:१७
1140x725

काठमाडौं- प्रतिनिधि सभाको चौंथो ठूलो दल जनता समाजवादी पार्टी (जसपा) यतिखेर चर्चामा छ। सर्वोच्च अदालतले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले वैधता नपाउने फैसला सुनाएपछि सत्तारुढ दल तत्कालीन एमाले र माओवादी केन्द्रका रुपमा ब्युँतिएका छन् र त्योसँगै प्रधानमन्त्री ओली अल्पमतमा परेका छन्।

किनभने माओवादी केन्द्रले एमालेका अध्यक्ष ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निश्चितप्रायः छ। योसँगै ओलीलाई आफ्नो सरकार जोगाइराख्न वा एमालेइतरका दलले अर्को सरकार बनाउन जसपाको साथ अपरिहार्य छ।

यहीकारण हुनसक्छ, मंगलबारदेखि जसपा सरकारमा जान थालेको चर्चा चुलिएको छ। जसपाभित्र पनि अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीसँगै सत्ता सहकार्यका लागि जोडबल गरिरहेको चर्चा हुनथालेको छ। बुधबार हामीले महतोलाई यही विषयमा सोध्यौं- तपाईंहरु प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा जाँदै हुनुहुन्छ?

महतोले ओली नेतृत्वको सरकारमा जाने भनेर आफ्नाबारे ‘वाहियात कुरा आइरहेको’ टिप्पणी गरे। साथै उनले विगतका सरकारले उधारो सहमति मात्र गरेकाले यसपालि नगदमा सहमति भए मात्र आफूहरु सरकारमा जाने दाबी गरे। 

‘सरकारमा जाने भनेर हाम्राबारे सबै वाहियात कुरा आइराखेका छन्, हामीलाई सत्ताको लोभी देखाएर मार्न खोजिँदैछ’, महतोले नेपाल लाइभसँग भने, ‘मिडियाहरु शासनसत्तामा बसेकाहरुको औजारको रुपमा काम गर्दोरहेछन्। मिडियाहरु उस्तै प्रायोजित हुन्छन्। हामीबाट चलेका मिडिया छैनन्, शासकबाट पालितपोलित मिडिया मात्र छन्। त्यसैले उल्टोपाल्टो मात्र देख्दा रहेछन्।’

nimb
nimb
Ncell 2
Ncell 2

जसपाको सरोकार आफ्ना मुद्दासँग मात्र भएको, सत्तासँग नभएको उनले दाबी गरे। ‘जसपा आफूले उठाएका मुद्दाको साथमा छ। मुद्दा सम्बोधन भएन भने सत्ताको ‘स’पनि उच्चारण गर्दैनौं। विगतमा पनि हामीलाई ठग्ने प्रवृत्ति भयो। उधारो सहमति गर्दै, ठगिँदै जाने भयो, त्यसले पार लाग्ने देखिएन। हामीले उठाएका सबै मागहरु पूरा गरिनुपर्छ’, महतोले भने। महतोले आफ्ना माग जसले पूरा गर्छ, उसैलाई सहयोग गरेर जाने स्थिति बन्ने बताए। 

जेलमा रहेका आफ्नो पार्टीका सांसद रेशम चौधरीलाई छाडेर मात्र नहुने भन्दै महतोले संविधान संशोधन लगायत आफ्ना सबै मुद्दाको सम्बोधन प्याकेजमा हुनुपर्ने पनि उल्ललेख गरे। ‘जसले हाम्रा माग पूरा गर्छ, त्यसैलाई सहयोग गर्ने हो। रेशम चौधरीलाई छाडेर मात्रै हुँदैन’, उनले भने, ‘संविधान संशोधन लगायत सबै मुद्दालाई नगदमा सम्बोधन गर्नुपर्छ। सबै मुद्दा सम्बोधन गर्न तयार भए धन्यवाद पनि दिने सहयोग पनि गर्ने हो।’

उनले विगतमा ओलीलाई सहयोग गरे पनि केही नभएको र अब किन गर्ने भन्ने प्रश्नसमेत गरे। ‘हिजो माग पूरा नगरेपछि आज गर्नुहुन्छ भन्ने विश्वास के?’, महतोले भने, ‘अब हुन्छ बहादुर भएर होइन, गर्छु बहादुर हुनुपर्‍यो। पहिले गरेर देखाउनुपर्‍यो।’ 

महतोले आफूहरुलाई ‘सत्ता सत्ता’ भनेर बदनाम गरिएको दुःखेसो पनि गरे। ‘देशमा नश्लवादी चिन्तन बोकेकाको हालीमुहाली छ, हाम्रा मुद्दालाई विषयान्तर गर्ने, जहिले पनि हल्का रुपमा लिने गर्छन्। संविधान घोषणा भएपछि असन्तुष्ट हुँदा यहाँका नश्लवादीहरुले के भने?’, उनले भने, ‘हामी संविधान संशोधनका लागि लडिरहँदा त्यो आन्दोलनलाई भारतको आन्दोलन भनियो। हामी त्यसको मार अहिले पनि भोगिरहेका छौं।’ आफूहरुलाई सत्तासँग मात्र जोडेर लोभीपापी देखाउने र 'ब्ल्याकमेल' गर्ने क्रम चलिरहेको दुःखेसो पनि उनले गरे। 

जसपाका नेता ठाकुर र महतोले बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका थिए। ‘प्रचण्डसँग हामीले भन्यौं- मुद्दाका लागि लडेको हो, मरेको हो, संविधान बनाउँदा सबै मिलेर त्यस्तो संविधान बनाइदिनुभयो। त्यतिबेला पनि लडियो, अहिले पनि लडेकै छौं’, उनले भने, ‘हामी ओली, प्रचण्ड र देउवालाई खाली समर्थन गर्नलाई मात्रै जान्मेका होइनौं। शोषण, उत्पीडनमा परेका जनताको सेवा गर्न जन्मेका हौं। के उनीहरुका कुनै समस्या र माग छैनन्?’

प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  १८:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
जसपा नेपालको केन्द्रीय समितिको बैठक आजदेखि जेठ  ११ गतेसम्म सञ्चालन हुने बैठकमा पार्टी सङ्गठन, व्यवस्थापन, समायोजन तथा आगामी राजनीतिक कार्यक्रमबारे विस्तृत छलफल हुने पार्टीका न... शनिबार, जेठ ९, २०८३
एमाले सचिवालय बैठक आज पनि बस्दै बैठक आज बिहान ११:३० बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्नेछ । शनिबार, जेठ ९, २०८३
दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासले शुक्रबार बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै थपिएको म्यादभित्र अनुसन्... शुक्रबार, जेठ ८, २०८३
ताजा समाचारसबै
जसपा नेपालको केन्द्रीय समितिको बैठक आजदेखि शनिबार, जेठ ९, २०८३
झापामा कैदीबन्दीको मृत्यु शनिबार, जेठ ९, २०८३
तातो हावाको लहरसम्बन्धी विशेष बुलेटिन : लुम्बिनी र सुदूरपश्चिमका यी जिल्लाहरूमा सावधानी अपनाउन आग्रह शनिबार, जेठ ९, २०८३
सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि दरखास्त आह्वान शनिबार, जेठ ९, २०८३
एमाले सचिवालय बैठक आज पनि बस्दै शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज शुक्रबार, जेठ ८, २०८३
रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर कास्की अदालतले फिर्ता गर्‍यो शुक्रबार, जेठ ८, २०८३
शीर्षस्थानमा रहेको अमेरिकामाथि नेपालको सहज जित शुक्रबार, जेठ ८, २०८३
ईशान र दीपेन्द्रको दमदार ब्याटिङ, अमेरिकासामु ३१८ रनको विशाल लक्ष्य शुक्रबार, जेठ ८, २०८३
जेठ १४ गते सार्वजनिक बिदा शुक्रबार, जेठ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज शुक्रबार, जेठ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्