काठमाडौं– प्रथम साइनो खुल्ला मेयर कप ब्याडमिन्टन प्रतियोगिताको पहिलो दिन कैलालीका देवराज राना र सेनाका पविन लिनथेपले विजयी सुरुवात गरेका छन्।
बुधबार आयोजक साइनोका सुजन थापालाई २१–१४ को समान अन्तरले पराजित गर्दै देवराज दोस्रो चरण प्रवेश गरेका हुन्। यस्तै पविनले बुटवलका प्रतीक अर्याललाई २१–७ र २१–८ ले पराजित गरे।
त्यस्तै, सेनाका सन्तोष पनेरुले काठमाडौं ब्याडमिन्टन एकेडेमीका प्रतीक श्रेष्ठलाई २१–३ र २१–५, गोकुल जोराले एनआएएन दुबईका साहिल चन्दलाई २१–५ र २१–१०, रुकेश महर्जनले काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका अश्विन जलानलाई २१–१३, २१–१० ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरे।
भुपु सैनिक तालिम केन्द्रका सुरज गुप्ताले टोखाका दामोदर श्रेष्ठबाट वाक ओभर पाए। सरोज अन्सारीले कैलालीका योगेश खड्कालाई १८–२१, २१–११ र २१–१८, नेपाल पुलिसका पूर्ण बहादुर थापाले टोखाका क्षितीज खनाललाई २१–१९, २२–२०, सेनाका आयुष्मान नागरीले काठमाडौं ब्याडमिन्टन एकेडेमीका दिपेन गायकबाट वाक ओभर पाए।
सुर्खेतका नरेन्द्र बलले काठमाडौं ब्याडमिन्टन एकेडेमीका बबिस थापालाई २१–१६, २१–१५, सेनाका भोजबहादुर गुरुङले चण्डोलका शिव थापालाई २३–२१, २१–१२ र डेभिड थापाले टोखाका अमन महर्जनलाई २१–१५, २१–१० ले पराजित गरे।
तारकेश्वर भएको प्रतियोगिताको पुरुष युगल सी तर्फ सिन्धुलीका बिष्णु ढुंगेल र पुरज ढुंगेलको जोडीले स्पोर्ट्स हवका ज्ञानु गिरी र रोचक राईको जोडीलाई २०–२२, २१–४, २१–९, दाङका अरुण अधिकारी र सुविन श्रेष्ठको जोडीले चन्द्रागिरीका अशोक जोशी र रोशन श्रेष्ठको जोडीलाई २१–१५, २१–१८ ले पराजित गरे।
दीपक ब्याडमिन्टन एकेडेमीका रुपाल बादे र राम आले मगरको जोडीले हरिशिद्धी ब्याडमिन्टन क्लबका बिक्रम महर्जन र हेरिराज महर्जनको जोडीलाई २१–१८, २१–१७, गण्डकी ब्याडमिन्टन क्लबका शरद खड्का र रमेश ठकुरीको जोडीले सूर्यदर्शनका दीपक राना र अर्जुन तामाङको जोडीलाई १५–२१, २१–१२, २१–१९ ले पराजित गरे।
टोखाका मानकाजी श्रेष्ठ र पुष्प श्रेष्ठको जोडीले चण्डोलका सुमन डंगोल र सुजन तामाङको जोडीलाई २१–१५, २१–८ ले पराजित गर्दै दोस्रो चरणमा स्थान पक्का गरे।
दोसो चरण प्रवेश गर्ने क्रममा सूर्यदर्शनका बाबुराम महर्जन र हिरा रोका मगरको जोडीले बुटवलका प्रतीक अर्याल र युएई दुबई एनआरएनका साहिल चन्दको जोडीलाई २१–१६, २१–१०, हरिसिद्धी ब्याडमिन्टन क्लबका धनराम महर्जन र सिदिस महर्जनको जोडीले धर्मस्थलीका नवराज खड्का र विजय श्रेष्ठको जोडीलाई १६–२१, २१–१५, २१–१८ ले पराजित गरे।
किर्तीपुरका दिप्रिस बज्राचार्य र निखिल भट्टको जोडीले भक्तपुरका राजेश खाइतु र श्याम सुन्दर खाईजुको जोडीलाई २१–९, २१–१६, टोखाका क्षितीज खनाल र अमन महर्जनको जोडीले भक्तपुरका राजेश घेमसु र रुकेश कुवरको जोडीलाई २१–७, २४–२२ ले पराजित गरे।
भुपु सैनिकका जीवन खत्री र प्रकाश कुँवरको जोडीले टोखाका पदम गुरुङ र प्रशान्त सिंह ठकुरीबाट वाक ओभर, नुवाकोटका चन्दन घले र सुरज लामाको जोडीले ललितपुरका सुजित महर्जन र राकेश शाक्यबाट वाक ओभर तथा टोखाका प्रकाश कार्की र दामोदर श्रेष्ठको जोडीले ओखलढुंगाका हेमन्त राई र निरज राईको जोडीबाट वाकओभर प्राप्त गरे।
तारकेश्वर नगरपालिकाको प्रायोजन तथा साईनो स्पोर्टस्को आयोजना जारी प्रतियोगिता पाँच दिनसम्म चल्नेछ।
प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (राष्ट्रिय बरियतामा एकल र युगलमा उच्च २० मा रहेका बाहेक) भेट्रान्स (४५ बर्ष माथि) बी र सी लेबल गरि कुल ६ विधामा १९७ खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा पुरुष एकल र युगलमा विजयी शीर्ष तीन स्थानका खेलाडीहरुले नगद ५०, ३० र १० हजार रुपैयाँ पाउने छन्।
त्यस्तै पुरुष एकलमा क्वाटरफाइनसम्म पुग्ने खेलाडीले ५ हजार रुपैयाँ पाउने छन्। महिला एकलतर्फ शीर्ष तीनले ३० हजार, १५ हजार र ७ हजार ५०० रुपैयाँ पाउने आयोजकले जानकारी दिएको छ। भेट्रान्सतर्फ विजयी शीर्ष तीनले ४०, २५ र २० हजार रुपैयाँ पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।