काठमाडाैं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पाँच जिल्लामा अध्यक्ष मनोनयन गरेको छ। झापा, सर्लाही, लमजुङ, रुपन्देही र कालिकोटमा अध्यक्ष मनोनयन गरीएको हो।
झापामा रामकुमार थापा,सर्लाहीमा रामचन्द्र राय,लमजुङमा हेमजंग गुरुङ,रुपन्देहीमा प्रदीपकुमार उदय र कालिकोटमा दिपबहादुर शाहीलाई अध्यक्ष मनोनित भएका छन्।
ती अध्यक्षको सहमतिमा विधानअनुसार मनोनित गरेको राप्रपाले जनाएको छ। साथै,पाँच जिल्लामा उपाध्यक्ष पनि चयन गरिएको छ।
पाँचथरमा सगुनसुन्दर लावती,सिरहामा महेशलाल महासेठ,गोरखामा महेश्वर रोक्का,रुपन्देहीमा कैलाश गुरुङ र सुर्खेतमा जनकसिंह ठकुरीलाई जिल्ला उपाध्यक्ष बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।