• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

अमेरिकादेखि नेपाल आएर बाल यौन दुराचार गरेका कम्बोसलाई ९ वर्ष कैद सजाय सदर

64x64
नेपाल लाइभ बुधबार, फागुन २६, २०७७  १६:५७
1140x725

काठमाडौं- सर्वोच्च अदालतले बाल यौन दुराचारको अभियोगमा अमेरिकी नागरिक केन्नेथ जोसेफ कम्बोसलाई ९ वर्ष कैद हुने फैसला सदर गरेको छ। जबरजस्ती करणीको अभियोग सरह सजाय हुने जिल्ला र उच्च अदालतको फैसलालाई सर्वोच्चले सदर गरेको हो। त्यस्तै पीडित बालबालिकालाई जनही ५० हजार जरिवाना दिन पनि सर्वोच्चले भनेको छ।

न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार रेग्मीको इजलासले पीडितलाई क्षतिपूर्ति दिन र पीडक कम्बोसलाई ९ वर्ष कैद सजाय हुने फैसला सदर गरेको हो। 

आफूलाई धेरै सजाय गरिएको दाबी गर्दै कम्बोस २०७५ भदौ ६ गते सर्वोच्च पुगेका थिए। २०७७ माघ ८ गते उनले आफूलाई बढी अवधि थुनामा राखेको दाबी गर्दै दोस्रो पटक बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेका थिए। उनले दायर गरेको बन्दीको निवेदन सर्वोच्चले खारेज गर्दै तल्लो तहका अदालतले गरेको फैसलालाई सदर गरेको हो। 

मुलुकी ऐन २०२० कार्यान्वयन भएको अवस्थामा कसुर गरेको तर अपराध संहिता २०७४ अनुसार आफूलाई कैद सजाय सुनाइएकाले पुरानै व्यवस्था अनुसार सजाय हुनुपर्ने भन्दै कम्बोस सर्वोच्च पुगेका थिए। 

कम्बोस एप्स डिजाइनर भएको बताउँदै दुराचारमा संलग्न भएका थिए। उनलाई जिल्ला अदालत काठमाडौंले बाल यौन दुराचार गरेको पुष्टि गर्दै ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। उनी अहिले कैद जीवन बिताइरहेका छन्।

यो पनि पढ्नुहोस्

विदेशी दुराचारीको ‘गिद्धेदृष्टि’ नेपाली बालबालिकामा  मंगलबार, मंसिर २४, २०७६

केन्नेथका सहयोगीको सजाय पनि सदर 
कम्बोसलाई बालक उपलब्ध गराउने काठमाडौंको स्वयम्भूका २१ वर्षीय ‘लुच्चे’ भनिने बुद्ध पतुवारलाई ४ वर्षको कैद सजाय सुनाइएको छ। उनले कम्बोसलाई १२/१४ वर्षका बालबालिका उपलब्ध गराउँथे। काभ्रे स्थायी घर भएका पुतुवारले बालकहरूलाई प्रलोभनमा पारी केन्नेथसम्म पुर्‍याइदिने काम गर्ने गरेको अभियोगमा जिल्ला र उच्चले दोषी ठहर गर्दै ४ वर्षको कैद सजाय सुनाएको थियो। पतुवारका हकमा पनि तल्लो तहका अदालतले गरेको फैसला सर्वोच्चले सदर गरेको हो।  

पुतुवार यौन दुराचार गर्नेहरुका लागि बालबालिका उपलब्ध गराउने गर्दथे। उनी दलित तथा गरिब बस्तीहरूमा पुगेर यस्ता बालबालिकाको खोजी गर्दथे। पैसादेखि विदेश लैजानेसम्मको प्रलोभन देखाएर उनी बालबालिका अभिभावकबाट फकाउने गर्दथे। पुतुवार ती बालकको तस्बिर केन्नेथलाई पठाउँथे। केन्नेथले छानेको बालकलाई स्वयम्भुस्थित आफ्नो कोठामै ल्याउँथे र केन्नेथलाई उपलब्ध गराउथे। विदेशी बाल यौन दुराचारीलाई सहयोग गरेको र बालक उपलब्ध गराएको तथा दुराचारको मतियार भएको प्रमाणित गर्दै जिल्ला अदालत काठमाडौंले बुद्ध पुतुवारलाई समेत कैदको कैद सजाय सुनाएको थियो।

कम्बोसका मुख्य सहयोगी रुपमा रहेका उनी लुच्चे भनेर पनि चिनिन्थे। पतुवार काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा पुगेर अभिभावकको माया नपाएका बालकहरूलाई प्रलोभन दिई काठमाडौं ल्याउने गरेका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

पतुवारले बालबालिकाको फोटो र भिडियो खिचेर भाइबर, हवाट्स एप र विच्याटमार्फत विदेशी यौन दूराचारीलाई पठाउने र दूराचारीले बालबालिका हेरेर माग गर्ने गरेको खुल्न आएको थियो। 

विदेशी दूराचारीले फोटो र भिडियोमार्फत छानेर बालबालिका छानेर नेपाल आउने गरेका थिए। विदेशीको माग अनुसार लुच्चेले नगरकोट, धुलिखेल, ककनीका साथै काठमाडौंमा नै रहेको पाँचतारे होटलहरुमा बालक पुर्‍याउने गरेका थिए।  

५० वर्ष कैद सजाय!
कम्बोसविरुद्ध १० वटा भन्दा बढी मुद्दा दायर भएका थिए। ती मुद्दामा अदालतले करिब ५० वर्ष बराबर कैद सजाय हुने फैसला सुनाएको थियो। सबै मुद्दाको कैद सजाय जोड्ने हो भने ५० वर्षसम्म पुग्ने सजाय भएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले बताए। तर अधिकतम सजाय मात्र लागू हुने भएकाले ९ वर्ष बराबरको कैद सजाय हुने उनले बताए। 

जिल्ला अदालतले २०७४ वैशाख १० गते उक्त मुद्दामा फैसला गर्दै केन्नेथलाई दोषी ठहर गरेको थियो। केन्नेथलाई ९ वर्षको कैद र पीडित बालकमध्ये १६३ र १६५ कोडका बालकलाई जनही ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन आदेश जिल्ला अदालतले शुरुमा गरेको थियो। जिल्ला अदाललते अन्य मुद्दामा पनि यही फैसला गरेको थियो। उच्च अदालत (पुनरावेदन) पाटनले पनि यही फैसला सदर गरेको थियो। केन्नेथ घुम्ने क्रममा सडक बालबालिका वा अभिभावकको रेखदेख नभएको बालक देखेमा उनीहरुलाई आफ्नो लक्ष्य बनाउने गर्दथे। 

बाल यौन दूराचारको आरोपमा २०७३ भदौ २४ गते अमेरिकी नागरिक केन्नेथ जोसेफ कम्बोस पक्राउ परेका थिए। उनी ६ पटकसम्म नेपालमा यौन दूराचारमा संलग्न भएको तथ्य प्रहरीले फेला पारेको थियो।   

अमेरिकाको इलिनोइस घर बताउने ४८ वर्षिय कम्बोसलाई ठमेलको याम्बु होटलबाट ५ जना बालकहरुसहित प्रहरीले पक्राउ गरेको थियो।  उनको साथबाट प्रहरीले मोबाइल र ल्यापटपबाट नग्न तस्बिर र भिडियोहरु बरामद गरेको थियो।  

केन्नेथ अमेरिकाको इन्डियाना राज्यमा प्रहरीको फरार अपराधीको सूचीमा भएका व्यक्ति थिए। इन्डियाना प्रहरीले यौन दूराचारकै आरोपमा उनलाई २०११ देखि फरार अपराधीको सूचीमा राखेको थियो। फरार अपराधी भएको थाहा पाएपछि प्रहरीले उनको बारेमा इन्टरपोलसँग आपराधिक विवरण माग गरेको थियो। कम्बोसबाट ८ बालबालिका पीडित भएको पाइएको थियो। 

यस्तो छ कानुनी व्यवस्था
मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २२५ मा 'बाल यौन दुराचार गर्न नहुने' उल्लेख छ। ‘बाल यौन दुराचार गर्न गराउन नहुने र कसैले करणीका आशयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगेमा, यौनसम्बन्धी अङ्ग छोएमा वा छुन लगाएमा बाल यौन दुराचार गरेको मानिने’ उल्लेख गरिएको छ।

बालबालिकासँग कुनै किसिमको यौनजन्य व्यवहार गरेमा समेत यौन दुराचार मानिने संहितामा बताइएको छ। बाल यौन दुराचारको घटनामा दोषी ठहर भए तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ। त्यस्तै, बालबालिकालाई अप्राकृतिक मैथुन गरेमा पीडितको उमेरका हिसाबले १० वर्षदेखि २० वर्षसम्म जेल सजाय हुने व्यवस्था छ। पीडित बालबालिकालाई पीडकबाट क्षतिपूर्तिसमेत भराउनु पर्ने उल्लेख छ। 

प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  १६:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रेणु चन्दको संयोजकत्वमा राष्ट्रिय सभामा महिला समन्वय समिति गठन
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे...
मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्र सार्वजनिक बिदा
सम्बन्धित सामग्री
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। मंगलबार, भदौ ९, २०८३
जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ पक्राउ परेका छन्। मंगलबार, भदौ ९, २०८३
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी जाँचका क्रममा बिलबिजकबिन... सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
रेणु चन्दको संयोजकत्वमा राष्ट्रिय सभामा महिला समन्वय समिति गठन मंगलबार, भदौ ९, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्र सार्वजनिक बिदा मंगलबार, भदौ ९, २०८३
आकाशे पुलको प्रयोग गर्न अनुरोध गर्दा बानेश्वरमा महिला प्रहरीमाथि हातपात मंगलबार, भदौ ९, २०८३
दलभित्र विश्वास गुमाउने अनि अदालत जाने शैलीले कांग्रेसलाई न्याय गर्दैन : प्रवक्ता चालिसेको कटाक्ष मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्