काठमाडाैं–केही दृश्य नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘सन्दिप और पिंकी फरार’ फिल्मको दोस्रो ट्रेलर सार्वजनिक भएको छ। फिल्ममा अर्जुन कपुर र परिणीति चोपडाको मुख्य भुमिका देख्न सकिन्छ।
यशराज फिल्मस्को ब्यानरमा बनेको फिल्म अबको नौ दिनपछि अर्थात् मार्च १९ मा प्रदर्शनमा आउनेछ। फिल्मको पहिलो ट्रेलर आजभन्दा एक वर्षअघि नै सार्वजनिक गरिएको थियो। कोभिडका कारण थन्किएर बसेको फिल्मले थियो। अव भने प्रर्दशन मिति तय गरेको छ।
फिल्मको ट्रेलर हेरेर फ्यान भने खुशी छैनन्। अर्जुनले बोलेका संवाद प्रस्ट छैन भने कथा पनि निकै दोधारे खालको छ। विषयवस्तु बुझ्नै नसकिने ट्रेलर हेर्दा फिल्मले कालोधन र आपराधिक कथा भन्नेछ। दिवाकर बेनर्जीले निर्देशन गरेको फिल्म नेपाल भारतको सिमानमामा पर्ने बैतडीकाे झुलाघाट नाकाको क्षेत्रमा खिचिएको छ।
उक्त दृश्य खिच्न फिल्मको टोली दुई वर्षअघि नेपाल आएकाे थियाे। प्रर्दशन हुन केही समय बाँकी भए पनि अहिलेसम्म यसको नेपाल अधिकार भने कसैले किनेकाे छैन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।