काठमाडाैं– भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणका आरोपितलाई पुर्पक्षका लागि बाल सुधारगृह चलान गरिएकाे छ।
जिल्ला अदालत बैतडीका न्यायाधीश तिलकबहादुर कार्कीको मंगलबारकाे इजलासले १८ वर्ष नपुगेका कारण दिनेश भट्टलाई बाल सुधारगृहमा राख्न आदेश दिएकाे हाे।
थुनछेक बहसपछि दिनेशलाई डोटीस्थित बाल सुधारगृह पठाइएकाे छ। बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथीको गत माघ २२ गते बिहीबार साँझ बिभत्स अवस्थामा शव फेला परेको थियो।
बलात्कार र हत्यामा संलग्न भएका उनी अध्यययनरत विद्यालयकै छात्र दिनेशलाई प्रहरीले १३ दिनपछि सार्वजनिक गरेकाे थियाे।भागरथी सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्। प्रहरीका अनुसार उनीहरू आपसमा नाता पर्ने हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।