काठमाडौं– साेमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू :
१) प्रचण्ड–माधव समूहले सर्वोच्च अदालतको फैसला अनुसार नेकपा एमाले र माओवादी केन्द्र स्वीकार्ने, राजनीतिक विषयमा फैसला भएकाले पुनरावेदन समेत गर्ने निर्णय
२) प्रधानमन्त्री कुन पार्टीको हो भन्ने भीम रावलको प्रश्नमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिए जवाफ, कुनै पार्टी भनेर सोध्न दिन नओवस भन्दै सर्वोच्च जान दिए सुझाव
३) पूर्ववत एमालेमै फर्केर संघर्ष गर्ने ‘मूड’मा माधवकुमार नेपाल समूह, विघटित नेकपा एमाले ब्युँताउन नेकपाको ओली पक्ष सक्रिय, नेकपाको बोर्ड हटाएर एमालेको राख्ने क्रम जारी
४) महिलाहरूले ५० प्रतिशत अधिकार प्राप्तिको लागि आन्दोलन गर्नुपर्ने नेता पम्फा भुसालको भनाइ, ५० प्रतिशत भन्दा बढी संख्यामा रहेका महिलाहरूले सबै क्षेत्रमा ५० प्रतिशत पाउनुपर्ने
५) छोरी जन्मेसँगै शोक मनाउने मनोविज्ञानको अन्त्य हुनुपर्ने प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको धारणा, संविधानतः महिलाहरूले अधिकार पाएपनि कार्यान्वयनको चुनौती
६) एकता जोगाउन अध्यक्षद्वय प्रचण्ड–ओलीलाई फेरि पहल गर्न प्रचण्ड(माधव पक्षका स्थायी कमिटी सदस्यको सुझाव, पेरिसडाँडामा जारी बैठकमा बोल्ने अधिकांश स्थायी कमिटी सदस्यले फैसलाप्रति असहमति
७) प्राधिकरण एक्लैले सुरु र्गयो नेपाल–चीन जोड्ने विद्युतलाइनको सबस्टेसन डिजाइनको काम, कोरोना महामारीका कारण चिनीयाँ पक्ष नेपाल आउन नसकेका कारण सबस्टेशन निर्माण ठप्प
८) म्यानमारमा आङ सान सू चीको पार्टीका एक अधिकारीको प्रहरी हिरासतमा मृत्यु, यांगोनमा प्रहरीले छापा मार्दा उ खिन माउङ लाटलाई लिइएको थियो नियन्त्रणमा
९) बेलायतको राजदरबारले आफ्नो सन्तान आर्चीलाई रंगका कारण राजकुमारको उपाधि नदिएको ह्यारीकी पत्नी मेगनलको आरोप, शाही उपाधि प्रदान नगर्ने तथा छालाको रङका विषयमा चर्चा हुनेगरेको खुलासा
१०) र, काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीसँग काठमाडौं मेयर ११ पाँच विकेटले पराजित, आर्मीको जितमा सोमपाल कामीको उत्कृष्ट प्रदर्शन, ५१ बलमा बनाए ८० रन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।