काठमाडाैं–समुदायस्तरमा कोरोना भाइरस महामारी फैलिदै गएपछि कम्बोडियामा तत्कालका लागि सबै खेल गधिविधिहरु बन्द गर्न निर्देशन दिइएको छ।
कम्बोडियामा अघिल्लो महिनादेखि कोरोना भाइरसबाट संक्रमितहरुको संख्या बढ्दै गएपछि शिक्षा, युवा तथा खेलकुद मन्त्रालयले यस्ताे आग्रह गरेकाे हाे।
‘कोरोना संक्रमितहरुको संख्या अत्यधिक बृद्धि भइरहेको छ। त्यसैले संक्रमण फैलिन नदिन राजधानी नोमपेनसहित विभिन्न प्रदेशहरुमा अर्को सूचना जारी नभएसम्मका लागि कुनै पनि खेलकुदका गतिविधिहरु गर्न/नगराउन अनुरोध गरिन्छ,’ वक्तव्यमा लेखिएको छ।
जीम, खेल क्लबहरु, भेला तथा भेटघाट, प्रतियोगिता, प्रशिक्षण लगायतका कुनै पनि गतिविधि गर्न पाइने वक्तव्यमा उल्लेख गरिएको छ।
दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियामा कोरोना भाइरसको महामारी फैलिएकाले विद्यालय, चलचित्र घर, प्रदर्शनीलगायतका क्षेत्र समेत बन्द गरिएको छ।
त्यसैगरी भिडभाड हुने अन्य गतिविधिहरुका लागि पनि प्रतिवन्ध लगाइएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।