काठमाडाैं– अष्ट्रेलियाको तस्मानियामा बसोवास गर्ने नेपाली समुदायको सक्रियतामा तस्मानिया स्पोर्ट्स एसोसिएसन (नाट्सा) गठन भएको छ।
नेपाली समुदायलाई एकजुट गर्ने अभिप्रायसले प्रशेष पौड्याल, रवीन भट्टराई, सुरज श्रेष्ठलगायतका युवाहरुको सक्रियतामा खेलकुद संघ गठन गरिएकाे हाे।
संघको अध्यक्षमा प्रशेष नियुक्त भएका छन्। उपाध्यक्षमा रवीन तथा कोषाध्यक्षमा भोला श्रेष्ठ नियुक्त भएका हुन्। यस्तै सचिवमा सुरज श्रेष्ठ र सह–सचिवमा दीपिन बिम्ब नियुक्त भएका छन्।
संस्थाको पब्लिक अफिसरमा विष्णु सापकोटा, सल्लाहकारमा देव बास्कोटा र सम्पादकमा राजेश कुँवर चयन भएका छन्।
नवगठित कार्यसमितिका अध्यक्ष प्रशेषले खेलप्रेमी नेपालीका लागि संस्था स्थापना गरिएको बताए।
‘यस क्षेत्रमा बसोवास गर्ने खेलप्रेमी नेपाली तथा खेलाडीका लागि नयाँ–नयाँ अवसर सिर्जना गर्दै नेपाली समुदायलाई खेल क्षेत्रमा अगाडी बढाउँदै जाने हेतुले संस्था स्थापना गरिएको हो,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।