काठमाडाैं–सत्य कथामा आधारित फिल्म गंगुवाइ प्रदर्शन हुनुभन्दा अगाडि नै यसका निर्देशक सञ्जय लिला भन्सालीलाई मुस्किलले घेरेको छ। मुम्बाइको कमाठीपुरामा बस्ने धेरैले फिल्ममा गलत तथ्य देखाइएको आरोप लगाएका छन्।
यसले उनीहरुको समाज बदनाम भएको भन्दै बिरोध पनि सुरु भएको छ। यो निर्देशक भन्सालीको निकै महत्वकांक्षी फिल्म हो । सत्य कथामा आधारित भनिएको यो फिल्मको मुख्य भूमिकामा अलिया भट्ट छिन्।
केहिअघि मात्रै फिल्मको टिजर सार्वजनिक भएको थियो। जसमा आलियाको भूमिका र अभिनयलाई धेरैले मन पराएका थिए। फिल्म जुलाई ३० मा प्रदर्शन गर्ने भनिएको छ।
कमाठीपुरामा भने त्यहाँका मानिसले समाज नै गठन गरेर बिरोध सुरु गरेका छन्। कमाठीपुरा आवाज नाम दिइएको उक्त समाजले खुलेर बिरोध गरेका हुन्। उनीहरुको भनाइ छ–कमाठीपुराको इतिहास मेटाउन त्यहाँका मानिसले निकै मिहेनत गरिरहेका छन्। तर फिल्म हेरेर वर्तमान त बिग्रन्छ नै इतिहासमा समेत थप असर पर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।