काठमाडौं– शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू :
१) प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग नेकपाका बहुमत सांसद रहेको दाबी, संसदमा अविश्वास प्रस्ताव दर्ता गरिए त्यसलाई फेस गर्ने प्रष्टोक्ति।
२) आफुले प्रधानमन्त्रीको दाबी नगरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भनाइ, कांग्रेसको प्राथमिकता संसदको अवरोध हटाउने हुनपर्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेलको जोड
३) नेपाल स्टक एक्सचेन्जद्वारा धितोपत्रको दोस्रो बजारमा सक्रिय लगानीकर्ताहरुको तथ्यांक सार्वजननिक, ५ लाख ९४ हजार ८७९ जनाको धितोपत्र दलाल खाता, ३० लाख ६२ हजारसँग डिम्याट
४) बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी पहिलोपटक सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पुग्यो, दुईवटा प्रशोधन केन्द्रमा पानी खसालेर वितरण प्रणालीमा जोडिने
५) र, ‘काठमाडौं मेयर कप’ क्रिकेटमा विभागीय टिम नेपाल पुलिस क्लब र एपिएफ क्लबले विजयी सुरुवात, शनिबार भएको खेलमा पुलिसबाट बागमती २ रन र एपिएफबाट आर्मी एक विकेटले पराजित
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।