नेपालगंज– साबिकको विजेता नेपाल पुलिस क्लबले नेपालगञ्जमा जारी प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा जितकाे लयलाई निरन्तरता दिएको छ।
दिन शनिबार भएकाे दोस्रो खेलमा पुलिसले लुम्बिनी युनाइटेड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। पुलिससामु निरीह देखिएको लुम्बिनी २५–८, २५–१२ ,२५–१४ ले पराजित भएको हो।
यता पुलिसले भने शुक्रबार नै उद्घाटन खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबमाथि ३–२ को रोमाञ्चक जित हात पारेको थियो।
शनिबारै भएको पहिलो खेलमा एपिएफले आर्मीलाई ३–१ को सेटमा पराजित गर्यो। एपिएफले आर्मीलाई २६–२४,२५–२३,२५–१६,२५–२३ को सेटमा निराश बनाएको हो।
प्रतियोगितामा साबिक विजेता पुलिससहित एपिएफ, आर्मी, लुम्बिनी युनाइटेड र न्यु डायमन्ड गरी कुल ५ टोलीको सहभागिता छ। राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा लिगको शीर्ष स्थानमा बस्ने टोलीले उपाधि जित्नेछ।
प्रतियोगिताको विजेताले नगद ५ लाख, उपविजेताले नगद २ लाख, तेस्रो स्थानको टोलीले नगद १ लाख र चौथो स्थानको टोलीले नगद ५० हजार हात पार्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।