काठमाडाैं- २०७२ साल वैशाख १२ गते गएको भूकम्पलाई केन्द्रबिन्दु बनाएर खिचिएको दक्षिण भारतीय फिल्म 'दिल धडक धडक' युट्युबमा सार्वजनिक भएको छ।
फिल्ममा नायक र नायिकाको बिछोड नेपालमा हुन्छ। वसन्तपुरको मन्दिरमा रहेको सिँडी ओर्लने बेला दुईले यदि मायाप्रेम एक वर्षसम्म रहिरहे फेरि त्यही ठाउँमा भेट्ने वाचा राखेर छुटेका हुन्छन्।
एक वर्षपछि नायक र नायिका नेपाल आउँछन् तर बिडम्बना नेपालमा भूकम्प जान्छ र तीन दुईको मिलन हुन पाउँदैन। भूकम्पका कारण नायिकाको टाउकोमा चोट लाग्छ उपचारका लागि भारत नै लगिन्छ। र, उनले अतितलाई भुल्न थाल्छिन्। त्यसपछि नायक-नायिकाको मिलन होला या नहोला, थाहा पाउन भने फिल्म हेर्नसक्नुहुन्छ। फिल्म युट्युबमा सजिलै हेर्न सकिन्छ।
युट्युबमा आएसँगै यो फिल्मलाई नेपाली दर्शकको भरपुर माया मिलिरहेको छ। साथै, भारतीय दर्शकले पनि यो फिल्मलाई उत्तिकै मन पराएका छन्।
साउथ इण्डियन फिल्मकी निकै चर्चित नायिका साइ पल्लवीले फिल्ममा अभिनय गरेकी छन्। साथमा नायक सर्वानन्द तथा अन्य चर्चित कलाकारहरु प्रिया रमन, सम्पाथ राज लगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ।
फिल्म नेपालको वसन्तपुर, स्वयम्भु, बौद्ध लगायतका ठाउँमा छायांकन गरिएको छ। फिल्मलाई हनु राघवपुडीले निर्देशन गरेका हुन्।
हेर्नुहोस् फिल्म
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।