काठमाडाैं– भारतको आयकर विभागले बलिउड निर्देशक/निर्माता अनुराग कश्यप र अभिनेत्री तापसी पन्नूको घरमा छापा मारेको छ।
निर्माता मधु मान्तेनाको घरमा पनि छापा मारिएको छ। विभागले 'फ्यान्टम फिल्म्स'सँग जोडिएको घरमा छापा मारेकाे हाे।
'फ्यान्टम फिल्म्स' निर्माण तथा वितरण कम्पनी अनुराग कश्यप, निर्देशक विक्रमादित्य मोटवाणे, निर्माता मधु मान्तेना र विकास बहलले शुरू गरेका थिए।
सन् २०११ मा सुरू गरिएको कम्पनी सन् २०१८ मा बन्द गरिएको थियो।
तीन वर्षपछि मधु मान्तेनाले कश्यप, मोटवाणे र बहलको शेयर किनेका थिए। उक्त कम्पनीले लूटेरा, एनएच१०, मसान, उडता पञ्जाब र रमन राधव २.० जस्ता फिल्म बनाएको छ।
विभागका अनुसार मुम्बई र पुणेका करिब २२ ठाउँमा छापा मारिएको छ। ज–जसको घरमा छापा मारिएको छ, उनीहरु सबै मोदी सरकारका आलोचक हुन्।
कश्यप र तापसी सामाजिक सञ्जालमा राष्ट्रिय विषयमा गर्ने बहसका कारण पनि बेलाबेला चर्चामा आइरहन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।