काठमाडाैं- गोर्खाको नाममा फिल्म बन्ने र घोषणा हुने क्रम जारी छ। प्रदर्शनका लागि तयार भएर बसेको नेपाली फिल्म गोर्खे मात्रै हैन, गोर्खा बेनिथ द ब्रेभरीले पनि प्रचारप्रसारलाई निरन्तरता दिइरहेको छ।
यसै क्रममा मिलन चाम्सले फिल्म ‘गोर्खा वारियर २’ औपचारिक निर्माणको घोषणा गरेका छन्। लण्डन सिने आई प्रोडक्सन र चाम्स इन्टरटेटमेन्टको संयुक्त प्रस्तुतिमा फिल्मको दोस्रो भागको घोषणा भएको हो।
फिल्म फागुन २३ गतेबाट छायांकनका लागि जानेछ। फिल्ममा मिलन चाम्सको कथा, निर्देशन र निर्माण रहनेछ। यस्तै सुरेश राइ र पूर्ण लिम्बु सहनिर्माता रहनेछन्।
फिल्मको पहिलो भाग भने सुरु भएको छैन। यो फिल्मको ४ ओटा भाग बन्नेछन्। चाम्सले भने, 'फिल्म हो तर, यसको सिरिज जस्तै ४ भाग बन्नेछ।'
रितेश चाम्सले यही फिल्मबाट नेपाली फिल्ममा इन्ट्री गर्दैछन्। उनले विदेशमा फिल्म विषयमा स्नातकोत्तर गरेका छन् भने केही हलिउड फिल्ममा अभिनय समेत गरिसकेका छन्।
चाम्स बाहेक रेविका गुरुङ, विजय लामा, कविता आले, बुद्धि तामाङ लगायतका नेपाली कलाकारको अभिनय रहनेछ। अधिकांश भने हलिउडका कलाकार रहनेछन्।
फिल्ममा कथा मिलन चाम्सको र पटकथा तथा संवाद मिलनसँगै गिरिराज घिमिरेको रहेनछ। फिल्मलाई सुदिप बरालले खिच्नेछन् भने द्वन्द हिमाल केसीको रहनेछ। फिल्मको छायांकन मलेसिया, बेलायत र नेपालमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।