काठमाडौं– २०७८ सालको विद्यालय तहको शैक्षिक सत्र १ असारदेखि सुरु हुने भएको छ। दुई महिना ढिलो गरी सुरु भए पनि शैक्षिक सत्र भने चैत मसान्तमै सम्पन्न हुने शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ।
कोरोना भाइरसका कारण बिग्रेको शैक्षिक सत्रलाई समयमै व्यवस्थापन गर्न१० महिनाभित्र सक्ने निर्णयमा सरकार पुगेको हो। यसको कार्यान्वयन स्थानीय तहमार्फत विद्यालयले गर्ने बताइएको छ। शैक्षिक सत्र कसरी पूरा गर्ने भन्ने विस्तृत योजना असार १ गतेअघि नै सार्वजनिक गरिने केन्द्रले जनाएको छ। पाठ्यक्रमलाई केही घटाएर चैतभित्र पठनपाठन पूरा गर्ने सरकारी योजना छ।
कोरोनाका कारण बिग्रेको शैक्षिक सत्रको मिलान २०७९ सालभित्रमा गरिने र त्यसपछि शैक्षिक सत्र नियमित रूपमा अघि बढ्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।