• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

प्युठान अस्पतालमा सुत्केरी मृत्यु घटना : किन आन्दोलित छन् डाक्टर?

64x64
नेपाल लाइभ सोमबार, फागुन १७, २०७७  २२:१८
1140x725

काठमाडौं-  शल्यक्रिया मार्फत् प्रसूति गराइएकी एक महिलाको अवस्था जटिल बनेपछि प्युठान अस्पतालले थप उपचारका लागि अर्को अस्पतालमा रेफर गर्‍यो। अर्को अस्पतालमा लैजाने क्रममा ती सुत्केरीको बाटोमै मृत्यु भयो। त्यसपछि मृतकको शव लिएर आफन्त पुनः प्युठान अस्पतालमा फर्किए र उपचारमा लापरबाही भएको आरोप लगाउँदै अस्पतालमा विरोध प्रदर्शन गरे।

आफन्तको विरोधपछि आइतबार अस्पताल तनावग्रस्त बन्यो। आफन्तको विरोध कार्यक्रमबाट उत्पन्न तनाव साम्य पार्न उपचारमा संलग्न चिकित्सकहरुलाई माफी माग्न लगाइयो। अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु बिना गल्ती आफूलाई माफी माग्न लगाइएको भन्दै सोमबारदेखि आन्दोलनमा उत्रिए।

‘हामीलाई माफी माग्न लगाएर मृतकका आफन्तलाई क्षतिपूर्ति दिनु भनेको हामीले गल्ती गरेको भन्ने बुझियो, तर हामीले गल्ति गरेका छैनौं,’ उपचारमा संलग्न प्रसूती रोग विशेषज्ञ डाक्टर शिशिर कुँवरले भने, ‘हामीलाई अपमानजनक व्यवहार गरियो। त्यसैले सेवा बहिस्कार गरेका हौं।’ उनले चिकित्सक र स्वास्थ्यकर्मीले अस्पतालमा उपलब्ध स्रोत र साधनले सक्ने उपचार सेवा दिएको बताए। 

स्थानीय प्रशासनले घटनाको यथार्थ नबुझी अस्पताललाई नै दोषी देखाउन खोजेको र असुरक्षा महसुस भएको भन्दै प्युठान अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले सोमबारदेखि अनिश्चितकालीन रुपमा आकस्मिक बाहेकका सेवा नै बन्द गरेका हुन्।

स्थानीय सरोकारवाला निकायले स्वास्थ्यकर्मीलाई सुरक्षा दिन नसकेकाले लिखित माफी माग्दै अस्पतालका सम्पूर्ण कर्मचारीको सुरक्षाको प्रत्याभूत गरी भविष्यमा यस्ता घटना नदोहरिने लिखित प्रतिवद्धता जनाउनुपर्ने माग राख्दै चिकित्सकरु आन्दोलनमा उत्रिएका हुन्।

घटना के थियो ? उपचारमा संलग्न डाक्टर शिशिर कुँवरको भनाइ जस्ताको जस्तै
प्युठानको झिमरुक गाउँपालिका–७ कि २४ वर्षीया अनिसा एमसीलाई डेलिभरीको लागि प्युठान अस्पतालले ११ गते अस्पतालमा भर्ना हुन भनेको थियो। तर, ती महिला दुईदिन ढिला आएर १३ गते मात्र प्युठान अस्पतालमा सुत्केरी गराउन भर्ना भइन्।

अस्पतालका चिकित्सकहरुले १३ गते नै उनको शल्यक्रियामार्फत् सुत्केरी गराउने तयारी गरे। केही वर्षअघि पनि उनको शल्यक्रियामार्फत् सुत्केरी गराइसकेकाले ती महिलाको दोस्रो पटकको गर्भ पनि शल्यक्रिया नै गर्नुपर्ने हुन्थ्यो। पहिलोपटक गर्भवती हुँदा पनि गर्भमा दुईवटा बच्चा रहेछन्। एउटा ७ महिनामा जन्मिएपछि अर्को बच्चा शल्यक्रिया गरिएको थियो। समय अगावै जन्मिएका कारणले त्यो समयमा दुवै बच्चाको मृत्यु भएको रहेछ। 

पहिला पनि अप्रेसन नै भएको केस भएकाले अहिले पनि घाउ दुख्यो भनेर आउनु भएको रहेछ। १० गते स्वास्थ्य जाँचको लागि आएपछि डा सुनिल सुनारले ११ गते शल्यक्रिया गरेर सुत्केरी गराउनुपर्ने भनेर भर्ना हुन बोलाउनु भएको थियो। तर, उहाँहरु १३ गते आउनुभयो। १३ गते करिब साँझ ५ बजे उहाँको शल्यक्रियामार्फत् सुत्केरी गराइएको थियो। नर्मल डेलिभरी हुने समय भन्दा १० दिन अघि उहाँलाई गाह्रो भएकाले शल्यक्रिया गरिएको थियो। ३८ साता ५ दिन भइसकेकाले शल्यक्रिया गर्न उपयुक्त पनि थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

शल्यक्रिया गरेको भोलीपल्ट १४ गते राउण्डमा स्वास्थ्य जाँच गर्दा सुत्केरीको मुटुको धड्कन अलि बढेको पाइयो। त्यसपछि हामीले धड्कन किन बढ्यो भनेर जाँचहरु गर्दा रगतको कमि देखियो। १४ गते साँझ पिसाब पनि कम हुँदै गयो। त्यसपछि हामीले रगतमा केही समस्या छ भनेर हेर्दा योनीबाट रगत बगेको देखियो। १४ गते हामीले भिडियो एक्सरे गर्दा केही समस्या देखिएन। रगतको कमि भएपछि सुत्केरीलाई रगत चढाइयो। तर, रगत दिँदा पनि सुधार भएन। त्यसपछि १५ गते फेरि जाँचहरु गर्दा कलेजो र मिर्गौलामा पनि खराबी आइसकेको थियो। त्यसपछि हामीले १५ गते दिउँसो १ बजेतिर फेरि भिडियो एक्सरे गर्‍यौं। भिडियो एक्सरेमा पेटभित्र रगत जमेको संकेत देखियो।

पेटमा रगत जमेको देखिएपछि सुत्केरी महिलाको शल्यक्रिया गरेर सिलाइएको ठाउँ फेरि खोल्नुपर्ने भयो। त्यसपछि हामीले बिरामीको श्रीमान् र ससुरालाई उहाँको विषयमा जानकारी गरायौं। हामीले उहाँहरुलाई शल्यक्रिया गरिएको टाँका फेरि खोल्दा उच्च जोखिम हुन्छ। कलेजो र मिर्गौलामा पनि समस्या देखिएको छ।  हामीले उहाँहरुलाई भन्यौं, ‘तपाईंहरुसँग दुईटा विकल्प छ, कि यही अस्पतालमै खोल्नुपर्ने हुन्छ वा यो भन्दा ठूलो सेन्टरमा लैजानुपर्ने हुन्छ।

यहाँ खोल्दा बेहोस बनाउने विशेषज्ञ डाक्टर (एनेस्थेसियोलोजिष्ट) हुनुहुन्न। एनेस्थेसिया असिस्टेन्ट मात्र हुनुहुन्छ भन्ने जानकारी पनि दियौं। शल्यक्रियातर्फ जनशक्ति भएपनि एनेस्थेसियाको हिसाबले पूर्ण क्षमता छैन। त्यसैले समस्या आउन सक्छ। बिरामीको मृत्यु समेत हुनसक्ने जोखिम रहन्छ र बाहिर रेफर गर्दा पनि प्युठानबाट बुटवल पुर्‍याउँदासम्म ५ घण्टा लाग्ने भएकाले अझै रगत बग्ने र जानेवित्तिकै सेवा  पाउन गाह्रो हुँदा जोखिम हुन्छ भनेर जानकारी दिएका थियौं। यहाँ नै उपचार गर्दा र रेफर गर्दा दुवैको फाइदा वेफाइदाबारे राम्रोसँग बताइदिएका पनि थियौं।

बिरामीका  आफन्तलाई सक्नुहुन्छ भने सुविधा भएको अस्पतालमा लैजानु सक्नुहुन्न भने हामीले जोखिम मोलेर भएपनि उपचार गर्ने प्रयास गर्छौं  भनेर भन्यौं। उहाँहरुले बाहिर नलाने यहीँ उपचार गर्ने भनेर सल्लाह गर्नुभयो। त्यसपछि हामीले सुत्केरीको पेट शल्यक्रिया गरिएको ३६ घण्टामा फेरि खोल्यौं। पेट फेरि खोल्दा म र अर्का एकजना डाक्टर र एनेस्थेसिया असिस्टेन्ट हुनुहुन्थ्यो। पेट खोल्दा पाठेघरमा नभइ मासुको तहमा रगत बगेको देखियो। पहिला पनि शल्यक्रिया गरिएको भएर त्यो समस्या हुनसक्ने सम्भावना हुन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सुत्केरी हुँदा पाठेघरबाट रगत बगेको भए चाहिँ १४ गते नै भिडियो एक्सरे गर्दा देखिन्थ्यो होला। मासुको तहबाट बगेको भएर सुरुमा तहहरु भरिँदा देखिएन। तहहरुमा रगत भरिएर पेटमा पुगेपछि मात्र एक्सरेमा देखियो। त्यसैले गर्दा पनि उहाँको समस्या पत्ता लगाउन दुईचार घण्टा ढिलो भयो।

रगत बगेको ठाउँ बन्द गरेर फेरि टाँका लगायौं। शल्यक्रिया सकियो भनेपछि उहाँ राम्रोसँग होसमा आउनु भएन। बिरामी अलिअलि चल्ने, खोक्ने, आँसु आउने संकेत हुन्छ, त्यो आधा संकेत देखियो। आँखा खोल्ने, हातखुट्टा चलाउने, टाउको चलाउने त गर्नुभयो तर पूरै दोहोरो कुरा गर्ने गरी होस आएन। हामीले एक घण्टाजति अक्सिजन दिएर राख्यौं। बिरामीको होस आउने संकेत नदेखिएपछि बिरामीलाई भेन्टिलेटरको आवश्यकता पर्छ भनेर निर्णय गर्‍यौं। तर, हाम्रो अस्पतालमा भेन्टिलेटर थिएन। त्यसैले बिरामीलाई रेफर नै गर्नुपर्ने अवस्था थियो।

आफन्तहरुले लैजानैपर्ने भएपछि जान्छौं भन्नुभयो। उहाँको अवस्था क्रिटिकल भएकाले अर्को अस्पतालमा पुग्नेबित्तिकै भेन्टिलेटरमा राख्न सकियोस् भनेर बुटवलको सरकारी अस्पतालमा सम्पर्कको प्रयास गर्‍यौं। सरकारी अस्पतालमा सम्पर्क हुन नसकेपछि  बुटवलको लुम्बिनी सिटी अस्पतालमा सम्पर्क गरेर बिरामीलाई अक्सिजन सपोर्टमा राखेर एकजना नर्सको साथमा १५ गते राति रेफर गर्‍यौं।

प्युठानबाट हिँडेपछि दाङको भालुवाङमा पुगेपछि बिरामीको सास रोकिएछ। त्यसपछि त्यहीँ नजिकैको प्राथमिक स्वास्थ्य केन्द्रमा लैजादा उहाँको धड्कन रोकिएको जानकारी त्यहाँका चिकित्सकले दिनुभएछ। उहाँहरुले राती शव यही प्युठान अस्पतालमै ल्याउनुभयो। 

१६ गते बिहान अस्पतालमा आइपुग्दा बिरामीको श्रीमान् र ससुरा शोकमै हुनुहुन्थ्यो । तर, मृतकका आफन्तहरु आएर अस्पतालमा नाराबाजी गर्न थाल्नुभयो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तालिममा जानुभएको थियो। निमित्त मेसु र  अस्पतालका म्याजेजर, सिडियो, मेयर र जिल्ला समन्वय समितिका अध्यक्षले मिटिङ छलफल राख्नुभयो। हाम्रो टिमबाट डाक्टर सुनिल सुनार हुनुहुन्थ्यो। त्यसपछि हामीले घटनाको विषयमा सम्पूर्ण जानकारी दियौं। अस्पताल बाहिर नाराबाजी चलिरहेको थियो। बिरामीको पक्षबाट धेरै व्यक्तिहरु आउनुभएको थियो। उहाँहरुले पहिला नै किन रिफर गरिएन भन्नुभयो। तर, हामीले बिरामीको परिवारलाई जानकारी दिएका थियौं। बिरामीलाई सजिलो होस् भनेर भेन्टिलेटर भएको ठाउँमा रिफर गरेका थियौँ। तर उहाँहरुले डाक्टरलाई कमिसन आउँछ, त्यसैले रेफर गर्‍यो भन्नुभयो।

सुरुमा त सिडियो साब तथा मेयरहरुले पनि हामीलाई सहयोग नै गर्नुभएको थियो । तर, अराजक भीड बढेपछि त्यसलाई कन्ट्रोल गर्न सक्नुभएन। त्यसपछि हाम्रो निमित्त मेसुले ‘हामीले सक्दो प्रयास गरेका हौं । हाम्रो सक्दो प्रयास गरेपनि कमिकमजोरी भएको लाग्छ भने त्यसको लागि हामी क्षमा माग्छौं’ भन्दिनुभयो । डा सुनिलले पनि ‘हामीले प्रयास गर्दागर्दै पनि हामीले गल्ती गरेको जस्तो लाग्छ, समयमा रेफर गरेनौं जस्तो लाग्छ भने वी आर सरी !’ भनिदनुभयो। 

त्यसपछि क्षतिपूर्तिको कुरा निस्कियो र अक्षयकोष खडा गरेर क्षतिपूर्ति दिने कुरा उठ्यो। के भइरहेको छ त्यतिबेला हामी आफैँ अचम्ममा पर्‍यौ। पछि बाहिर आएपछि अराजक भीडले डाक्टरलाई बाहिर ल्याउनु समेत भने। हामीलाई सिडियो तथा मेयरले सहयोग नगरेको होइन। तर, त्यतिबेलाको अवस्थालाई उहाँहरुले नियन्त्रण गर्न सक्नुभएन। 

जनमानसमा पनि डाक्टरले गल्ती गरेका रहेछन् त्यसैले माफी मागे, क्षतिपूर्ति पनि दिने भए भन्ने सन्देश गयो। तर, त्यो केसमा चिकित्सकको गल्ति भएको होइन। बाध्य भएर डाक्टरले विना गल्ती माफी माग्नुपर्ने अवस्था आयो।

त्यसैले आगामी दिनमा यस्ता घटना नहोस् र चिकित्सकको सुरक्षाको ग्यारेन्टी स्थानीय सरकारले गरोस् भनेर हाम्रो सुरक्षाको प्रत्याभूती हुनुपर्छ  भन्ने हाम्रो माग हो।

हामीलाई सुरक्षा भएन भने हामीले कसरी सेवा दिन सक्छौं? त्यसैले हिजोको जस्तो घटना र अवस्था नआवस् भनेर यस्तोस्थानीय जनप्रतिनिधिले हामीलाई प्रतिवद्धता व्यक्ति गर्नुपर्छ भन्ने हाम्रो माग हो।

प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  २२:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका'
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका
सम्बन्धित सामग्री
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे चौधरीको साथबाट एक थान एयर पेस्तोलसमेत बरामद गरी नियन्त्रणमा लिइएको दाबी गर्दै प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएकाे छ । बुधबार, कात्तिक ४, २०८३
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
दशैंमा पिङ चढ्दा बाल्यकाल फर्किएझैं लाग्छ: विपीन कार्की बच्चा बेलामा पनि म साथीभाइलाई हँसाइरहन्थेँ। सबैको लागि प्रिय थिएँ। हसाउनका लागि धेरै विषय हुन्थे मसँग। मिलनसार थिएँ। सबैको आँखामा पर... बुधबार, कात्तिक ४, २०८३
ताजा समाचारसबै
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्