• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ १६, २०८३ Sat, May 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

प्युठान अस्पतालमा सुत्केरी मृत्यु घटना : किन आन्दोलित छन् डाक्टर?

64x64
नेपाल लाइभ सोमबार, फागुन १७, २०७७  २२:१८
1140x725

काठमाडौं-  शल्यक्रिया मार्फत् प्रसूति गराइएकी एक महिलाको अवस्था जटिल बनेपछि प्युठान अस्पतालले थप उपचारका लागि अर्को अस्पतालमा रेफर गर्‍यो। अर्को अस्पतालमा लैजाने क्रममा ती सुत्केरीको बाटोमै मृत्यु भयो। त्यसपछि मृतकको शव लिएर आफन्त पुनः प्युठान अस्पतालमा फर्किए र उपचारमा लापरबाही भएको आरोप लगाउँदै अस्पतालमा विरोध प्रदर्शन गरे।

आफन्तको विरोधपछि आइतबार अस्पताल तनावग्रस्त बन्यो। आफन्तको विरोध कार्यक्रमबाट उत्पन्न तनाव साम्य पार्न उपचारमा संलग्न चिकित्सकहरुलाई माफी माग्न लगाइयो। अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु बिना गल्ती आफूलाई माफी माग्न लगाइएको भन्दै सोमबारदेखि आन्दोलनमा उत्रिए।

‘हामीलाई माफी माग्न लगाएर मृतकका आफन्तलाई क्षतिपूर्ति दिनु भनेको हामीले गल्ती गरेको भन्ने बुझियो, तर हामीले गल्ति गरेका छैनौं,’ उपचारमा संलग्न प्रसूती रोग विशेषज्ञ डाक्टर शिशिर कुँवरले भने, ‘हामीलाई अपमानजनक व्यवहार गरियो। त्यसैले सेवा बहिस्कार गरेका हौं।’ उनले चिकित्सक र स्वास्थ्यकर्मीले अस्पतालमा उपलब्ध स्रोत र साधनले सक्ने उपचार सेवा दिएको बताए। 

स्थानीय प्रशासनले घटनाको यथार्थ नबुझी अस्पताललाई नै दोषी देखाउन खोजेको र असुरक्षा महसुस भएको भन्दै प्युठान अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले सोमबारदेखि अनिश्चितकालीन रुपमा आकस्मिक बाहेकका सेवा नै बन्द गरेका हुन्।

स्थानीय सरोकारवाला निकायले स्वास्थ्यकर्मीलाई सुरक्षा दिन नसकेकाले लिखित माफी माग्दै अस्पतालका सम्पूर्ण कर्मचारीको सुरक्षाको प्रत्याभूत गरी भविष्यमा यस्ता घटना नदोहरिने लिखित प्रतिवद्धता जनाउनुपर्ने माग राख्दै चिकित्सकरु आन्दोलनमा उत्रिएका हुन्।

घटना के थियो ? उपचारमा संलग्न डाक्टर शिशिर कुँवरको भनाइ जस्ताको जस्तै
प्युठानको झिमरुक गाउँपालिका–७ कि २४ वर्षीया अनिसा एमसीलाई डेलिभरीको लागि प्युठान अस्पतालले ११ गते अस्पतालमा भर्ना हुन भनेको थियो। तर, ती महिला दुईदिन ढिला आएर १३ गते मात्र प्युठान अस्पतालमा सुत्केरी गराउन भर्ना भइन्।

अस्पतालका चिकित्सकहरुले १३ गते नै उनको शल्यक्रियामार्फत् सुत्केरी गराउने तयारी गरे। केही वर्षअघि पनि उनको शल्यक्रियामार्फत् सुत्केरी गराइसकेकाले ती महिलाको दोस्रो पटकको गर्भ पनि शल्यक्रिया नै गर्नुपर्ने हुन्थ्यो। पहिलोपटक गर्भवती हुँदा पनि गर्भमा दुईवटा बच्चा रहेछन्। एउटा ७ महिनामा जन्मिएपछि अर्को बच्चा शल्यक्रिया गरिएको थियो। समय अगावै जन्मिएका कारणले त्यो समयमा दुवै बच्चाको मृत्यु भएको रहेछ। 

पहिला पनि अप्रेसन नै भएको केस भएकाले अहिले पनि घाउ दुख्यो भनेर आउनु भएको रहेछ। १० गते स्वास्थ्य जाँचको लागि आएपछि डा सुनिल सुनारले ११ गते शल्यक्रिया गरेर सुत्केरी गराउनुपर्ने भनेर भर्ना हुन बोलाउनु भएको थियो। तर, उहाँहरु १३ गते आउनुभयो। १३ गते करिब साँझ ५ बजे उहाँको शल्यक्रियामार्फत् सुत्केरी गराइएको थियो। नर्मल डेलिभरी हुने समय भन्दा १० दिन अघि उहाँलाई गाह्रो भएकाले शल्यक्रिया गरिएको थियो। ३८ साता ५ दिन भइसकेकाले शल्यक्रिया गर्न उपयुक्त पनि थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

शल्यक्रिया गरेको भोलीपल्ट १४ गते राउण्डमा स्वास्थ्य जाँच गर्दा सुत्केरीको मुटुको धड्कन अलि बढेको पाइयो। त्यसपछि हामीले धड्कन किन बढ्यो भनेर जाँचहरु गर्दा रगतको कमि देखियो। १४ गते साँझ पिसाब पनि कम हुँदै गयो। त्यसपछि हामीले रगतमा केही समस्या छ भनेर हेर्दा योनीबाट रगत बगेको देखियो। १४ गते हामीले भिडियो एक्सरे गर्दा केही समस्या देखिएन। रगतको कमि भएपछि सुत्केरीलाई रगत चढाइयो। तर, रगत दिँदा पनि सुधार भएन। त्यसपछि १५ गते फेरि जाँचहरु गर्दा कलेजो र मिर्गौलामा पनि खराबी आइसकेको थियो। त्यसपछि हामीले १५ गते दिउँसो १ बजेतिर फेरि भिडियो एक्सरे गर्‍यौं। भिडियो एक्सरेमा पेटभित्र रगत जमेको संकेत देखियो।

पेटमा रगत जमेको देखिएपछि सुत्केरी महिलाको शल्यक्रिया गरेर सिलाइएको ठाउँ फेरि खोल्नुपर्ने भयो। त्यसपछि हामीले बिरामीको श्रीमान् र ससुरालाई उहाँको विषयमा जानकारी गरायौं। हामीले उहाँहरुलाई शल्यक्रिया गरिएको टाँका फेरि खोल्दा उच्च जोखिम हुन्छ। कलेजो र मिर्गौलामा पनि समस्या देखिएको छ।  हामीले उहाँहरुलाई भन्यौं, ‘तपाईंहरुसँग दुईटा विकल्प छ, कि यही अस्पतालमै खोल्नुपर्ने हुन्छ वा यो भन्दा ठूलो सेन्टरमा लैजानुपर्ने हुन्छ।

यहाँ खोल्दा बेहोस बनाउने विशेषज्ञ डाक्टर (एनेस्थेसियोलोजिष्ट) हुनुहुन्न। एनेस्थेसिया असिस्टेन्ट मात्र हुनुहुन्छ भन्ने जानकारी पनि दियौं। शल्यक्रियातर्फ जनशक्ति भएपनि एनेस्थेसियाको हिसाबले पूर्ण क्षमता छैन। त्यसैले समस्या आउन सक्छ। बिरामीको मृत्यु समेत हुनसक्ने जोखिम रहन्छ र बाहिर रेफर गर्दा पनि प्युठानबाट बुटवल पुर्‍याउँदासम्म ५ घण्टा लाग्ने भएकाले अझै रगत बग्ने र जानेवित्तिकै सेवा  पाउन गाह्रो हुँदा जोखिम हुन्छ भनेर जानकारी दिएका थियौं। यहाँ नै उपचार गर्दा र रेफर गर्दा दुवैको फाइदा वेफाइदाबारे राम्रोसँग बताइदिएका पनि थियौं।

बिरामीका  आफन्तलाई सक्नुहुन्छ भने सुविधा भएको अस्पतालमा लैजानु सक्नुहुन्न भने हामीले जोखिम मोलेर भएपनि उपचार गर्ने प्रयास गर्छौं  भनेर भन्यौं। उहाँहरुले बाहिर नलाने यहीँ उपचार गर्ने भनेर सल्लाह गर्नुभयो। त्यसपछि हामीले सुत्केरीको पेट शल्यक्रिया गरिएको ३६ घण्टामा फेरि खोल्यौं। पेट फेरि खोल्दा म र अर्का एकजना डाक्टर र एनेस्थेसिया असिस्टेन्ट हुनुहुन्थ्यो। पेट खोल्दा पाठेघरमा नभइ मासुको तहमा रगत बगेको देखियो। पहिला पनि शल्यक्रिया गरिएको भएर त्यो समस्या हुनसक्ने सम्भावना हुन्छ।

सुत्केरी हुँदा पाठेघरबाट रगत बगेको भए चाहिँ १४ गते नै भिडियो एक्सरे गर्दा देखिन्थ्यो होला। मासुको तहबाट बगेको भएर सुरुमा तहहरु भरिँदा देखिएन। तहहरुमा रगत भरिएर पेटमा पुगेपछि मात्र एक्सरेमा देखियो। त्यसैले गर्दा पनि उहाँको समस्या पत्ता लगाउन दुईचार घण्टा ढिलो भयो।

रगत बगेको ठाउँ बन्द गरेर फेरि टाँका लगायौं। शल्यक्रिया सकियो भनेपछि उहाँ राम्रोसँग होसमा आउनु भएन। बिरामी अलिअलि चल्ने, खोक्ने, आँसु आउने संकेत हुन्छ, त्यो आधा संकेत देखियो। आँखा खोल्ने, हातखुट्टा चलाउने, टाउको चलाउने त गर्नुभयो तर पूरै दोहोरो कुरा गर्ने गरी होस आएन। हामीले एक घण्टाजति अक्सिजन दिएर राख्यौं। बिरामीको होस आउने संकेत नदेखिएपछि बिरामीलाई भेन्टिलेटरको आवश्यकता पर्छ भनेर निर्णय गर्‍यौं। तर, हाम्रो अस्पतालमा भेन्टिलेटर थिएन। त्यसैले बिरामीलाई रेफर नै गर्नुपर्ने अवस्था थियो।

आफन्तहरुले लैजानैपर्ने भएपछि जान्छौं भन्नुभयो। उहाँको अवस्था क्रिटिकल भएकाले अर्को अस्पतालमा पुग्नेबित्तिकै भेन्टिलेटरमा राख्न सकियोस् भनेर बुटवलको सरकारी अस्पतालमा सम्पर्कको प्रयास गर्‍यौं। सरकारी अस्पतालमा सम्पर्क हुन नसकेपछि  बुटवलको लुम्बिनी सिटी अस्पतालमा सम्पर्क गरेर बिरामीलाई अक्सिजन सपोर्टमा राखेर एकजना नर्सको साथमा १५ गते राति रेफर गर्‍यौं।

प्युठानबाट हिँडेपछि दाङको भालुवाङमा पुगेपछि बिरामीको सास रोकिएछ। त्यसपछि त्यहीँ नजिकैको प्राथमिक स्वास्थ्य केन्द्रमा लैजादा उहाँको धड्कन रोकिएको जानकारी त्यहाँका चिकित्सकले दिनुभएछ। उहाँहरुले राती शव यही प्युठान अस्पतालमै ल्याउनुभयो। 

१६ गते बिहान अस्पतालमा आइपुग्दा बिरामीको श्रीमान् र ससुरा शोकमै हुनुहुन्थ्यो । तर, मृतकका आफन्तहरु आएर अस्पतालमा नाराबाजी गर्न थाल्नुभयो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तालिममा जानुभएको थियो। निमित्त मेसु र  अस्पतालका म्याजेजर, सिडियो, मेयर र जिल्ला समन्वय समितिका अध्यक्षले मिटिङ छलफल राख्नुभयो। हाम्रो टिमबाट डाक्टर सुनिल सुनार हुनुहुन्थ्यो। त्यसपछि हामीले घटनाको विषयमा सम्पूर्ण जानकारी दियौं। अस्पताल बाहिर नाराबाजी चलिरहेको थियो। बिरामीको पक्षबाट धेरै व्यक्तिहरु आउनुभएको थियो। उहाँहरुले पहिला नै किन रिफर गरिएन भन्नुभयो। तर, हामीले बिरामीको परिवारलाई जानकारी दिएका थियौं। बिरामीलाई सजिलो होस् भनेर भेन्टिलेटर भएको ठाउँमा रिफर गरेका थियौँ। तर उहाँहरुले डाक्टरलाई कमिसन आउँछ, त्यसैले रेफर गर्‍यो भन्नुभयो।

सुरुमा त सिडियो साब तथा मेयरहरुले पनि हामीलाई सहयोग नै गर्नुभएको थियो । तर, अराजक भीड बढेपछि त्यसलाई कन्ट्रोल गर्न सक्नुभएन। त्यसपछि हाम्रो निमित्त मेसुले ‘हामीले सक्दो प्रयास गरेका हौं । हाम्रो सक्दो प्रयास गरेपनि कमिकमजोरी भएको लाग्छ भने त्यसको लागि हामी क्षमा माग्छौं’ भन्दिनुभयो । डा सुनिलले पनि ‘हामीले प्रयास गर्दागर्दै पनि हामीले गल्ती गरेको जस्तो लाग्छ, समयमा रेफर गरेनौं जस्तो लाग्छ भने वी आर सरी !’ भनिदनुभयो। 

त्यसपछि क्षतिपूर्तिको कुरा निस्कियो र अक्षयकोष खडा गरेर क्षतिपूर्ति दिने कुरा उठ्यो। के भइरहेको छ त्यतिबेला हामी आफैँ अचम्ममा पर्‍यौ। पछि बाहिर आएपछि अराजक भीडले डाक्टरलाई बाहिर ल्याउनु समेत भने। हामीलाई सिडियो तथा मेयरले सहयोग नगरेको होइन। तर, त्यतिबेलाको अवस्थालाई उहाँहरुले नियन्त्रण गर्न सक्नुभएन। 

जनमानसमा पनि डाक्टरले गल्ती गरेका रहेछन् त्यसैले माफी मागे, क्षतिपूर्ति पनि दिने भए भन्ने सन्देश गयो। तर, त्यो केसमा चिकित्सकको गल्ति भएको होइन। बाध्य भएर डाक्टरले विना गल्ती माफी माग्नुपर्ने अवस्था आयो।

त्यसैले आगामी दिनमा यस्ता घटना नहोस् र चिकित्सकको सुरक्षाको ग्यारेन्टी स्थानीय सरकारले गरोस् भनेर हाम्रो सुरक्षाको प्रत्याभूती हुनुपर्छ  भन्ने हाम्रो माग हो।

हामीलाई सुरक्षा भएन भने हामीले कसरी सेवा दिन सक्छौं? त्यसैले हिजोको जस्तो घटना र अवस्था नआवस् भनेर यस्तोस्थानीय जनप्रतिनिधिले हामीलाई प्रतिवद्धता व्यक्ति गर्नुपर्छ भन्ने हाम्रो माग हो।

प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  २२:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिका-इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी
ट्राफिक कारवाहीमा छ लाख ४४ हजार राजस्व संकलन
अछाममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जना घाइते
सम्बन्धित सामग्री
मठमन्दिरमा आगो लगाउँछु भन्ने जनक परियार पक्राउ काठमाडौँ प्रहरीले जनाएअनुसार पक्राउ पर्ने व्यक्ति रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१२ घर भई हाल टोखा नगरपालिका-८ बानियाँटारमा बसोबा... शुक्रबार, जेठ १५, २०८३
यी राजमार्गहरूमा छ बाढी र पहिरोको अवरोध (विस्तृत विवरणसहित) प्रहरी प्रधान कार्यालयले जारी गरेको २०८३ जेठ १५ गते बिहान ८ बजेसम्मको अद्यावधिक विवरणअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका... शुक्रबार, जेठ १५, २०८३
राजदूत बन्न दरखास्त आह्वान, यस्ता छन् योग्यताहरु कानुन, राजनीतिशास्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध, अर्थशास्त्र, सार्वजनिक प्रशासनलगायतका विषयमा स्नातकोत्तर गरेकोहरूलाई राजदूत हुन अतिर... बिहीबार, जेठ १४, २०८३
ताजा समाचारसबै
अमेरिका-इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी शनिबार, जेठ १६, २०८३
ट्राफिक कारवाहीमा छ लाख ४४ हजार राजस्व संकलन शनिबार, जेठ १६, २०८३
अछाममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जना घाइते शनिबार, जेठ १६, २०८३
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य शनिबार, जेठ १६, २०८३
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
बजेटबारे एमालेले भन्यो : सरकार सामाजिक सुरक्षाको क्षेत्रबाट पछि हट्न खोज्यो शुक्रबार, जेठ १५, २०८३
यस्तो छ आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट (पूर्णपाठसहित) शुक्रबार, जेठ १५, २०८३
मठमन्दिरमा आगो लगाउँछु भन्ने जनक परियार पक्राउ शुक्रबार, जेठ १५, २०८३
बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बोलाइयो शुक्रबार, जेठ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्