काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाएर देखाउन गृहजिल्ला झापाबाट दिए प्रचण्ड–नेपालाई चुनौती, प्रतिनिधि सभा विघटन गर्ने निर्णय सर्वोेच्चबाट बदर भएपनि कुनै फरक नपरेको दाबी ।
२) अदालतले जुलुसनाराको नभइ संविधानको व्याख्या गर्नुपर्ने प्रचण्डको सर्वोच्चलाई लिखित जवाफ, मानहानी हुने कुनै अभिव्यक्ति नदिएको भन्दै लगाइएको आरोप गलत रहेको स्पष्टिकरण
३) नेकपा ‘प्रचण्ड’ नेपाल पक्षले गर्ने भनिएको प्रतिवद्धतापत्र भएन अझै सार्वजनिक, नागरिक आन्दोलनको दबाबमा समिति बनेपछि बैठक नै बस्न नसकेको स्वीकार
४) भारतीय अर्बपति व्यापारी मुकेश अम्बानीको घरबाहिर राखिएको विस्फोटक पदार्थले भरिएको कारको जिम्मा ‘जैस–उल हिन्दले लियो, घटनाको अनुसन्धान गरिरहेको प्रहरीलाई दियो चुनौती
५) र, सहिद स्मारक बी डिभिजन लिग फुटबलमा ब्वाइज युनियन क्लबद्वारा नयाँबस्ती युवा क्लब ३–० गोलले पराजित, ब्वाइज युनियनको जितमा मिलन लिम्बुले गरे ह्याट्रिक ।
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।