• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

निर्माणाधीन राष्ट्रिय गौरवका तीन अन्तर्राष्ट्रिय विमानस्थलले ६ महिनामा ८ अर्ब खर्च गरे

64x64
नेपाल लाइभ आइतबार, फागुन १६, २०७७  १७:५३
1140x725
निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल।

काठमाडौं- सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को आधा वर्षमा तीन वटा गौरवको आयोजना अन्तर्गतको अन्तर्राष्ट्रिय विमानस्थलमा झन्डै ८ अर्ब रूपैयाँ खर्च गरेको छ। जसमा सबैभन्दा बढी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चालु आर्थिक वर्षको ६ महिनामा ५ अर्ब ६ करोड रूपैयाँ खर्च भएको छ।

जुन चालु आवको लागि विनियोजित बजेटको आधा रकम हो। सरकारले चालु आर्थिक वर्ष २०७७/७८ मा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि १० अर्ब ७५ करोड रूपैयाँ विनियोजन गरेको थियो।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ को जुलाई भित्र सम्पन्न गर्ने सरकारको लक्ष्य छ। तर, कोभिडको कारण विमानस्थल निर्माणको काममा प्रभाव पारेको छ। कोभिडका कारण विमानस्थल निर्माणको काम ६ महिनादेखि १ वर्षसम्म लम्बिने आकलन गरिएको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अहिले ६२ प्रतिशत भौतिक कार्य सम्पन्न भएको छ।

विमानस्थलका लागि आवश्यक भौतिक संरचना निर्माण काम सम्पन्न भइसकेको छ। तर, उपकरण जडान र फिनिसिङको काम अहिले सुस्त गतिमा चलिरहेको छ। केहीदिन अगाडि मात्रै राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले पनि विमानस्थलमा जहाज ल्यान्ड तथा अवतरणमा अवरोध हुने रिठेपानी डाँडा कटानी गर्न समेत निर्देशन दिइसकेको छ।

‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रगति सन्तोषजनक नै छ’, नेपाल नागरिक उड्‌डयन प्राधिकरणका राष्ट्रिय गौरवको आयोजना निर्देशनालयका निर्देशक प्रदिप अधिकारीले भने, ‘भैरहवा र पोखरा विमानस्थल निर्माणले गति लिँदै अन्तिम चरणमा पुगेको छ। तर, भैरहवामा विदेशबाट आउनपर्ने प्राविधिक समयमा नआउँदा केही समस्या आएको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको लागत २२ अर्ब भन्दा बढी छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक हवाई इन्धनका लागि आवश्यक पूर्वाधार निर्माणको काम पनि तीब्र गतिमा भइरहेको नेपाल आयल निगममा कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए।

यसैगरी, सरकारले चालु आर्थिक वर्षको ५ महिनामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा २ अर्ब ९८ करोड रूपैयाँ खर्च भएको जनाएको छ। चालु आर्थिक वर्ष २०७७/७८ मा सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ४ अर्ब ७२ करोड ५० लाख रूपैयाँ निनियोजन गरेको थियो। 

विमानस्थलमा अहिले उपकरण जडान तथा विमानस्थल सञ्चालनका लागि आवश्यक सञ्चार प्रणालीका उपकरण जडानको काम भइरहेका छ। विमानस्थल निार्माणका लागि दक्ष प्राविधिक कामदार चीनबाट नआएपछि निर्माणको काम गरिरहेको चिनियाँ निर्माण कम्पनीले भारतीय दक्ष प्राविधिक कामदार ल्याएर काम सुरु गरेको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

भारतीय दक्ष कामदारको सहयोगमा अहिले टर्मिनल भवनको एसी जडान तथा रनवे लाइट जडानको काम सुरु भएको छ। विमानस्थल निर्माणको अन्तिम समय २०२० को डिसेम्बरमा सकिएपनि सरकारले समय थप भने गरेको छैन।

सरकारले चालु आर्थिक वर्षमा विमानस्थलबाट व्यवसायिक उडान सुरु गर्ने लक्ष्य लिएको थियो। यो आयोजना सन् २०१५ मा सुरु भइ सन् २०१७ को डिसेम्बरमा सम्पन्न हुने अपेक्षा गरिएकोमा उक्त अवधिभित्र नसकिएपछि संशोधित कार्यतालिकाअनुसार ३१ मार्च २०२० मा सम्पन्न हुनु पर्ने थियो। उक्त समयसीमा पनि सकिएको छ। अब पुनः समय थप गर्नु पर्ने अवस्था आएको छ।

तर, अहिलेसम्म औपचारिक रुपमा समय थपको निर्णय भएको छैन। आयोजनाको अनुमानित लागत ६ अर्ब ८२ करोड रूपैयाँ रहेको छ। आयोजना निर्माण अन्तिम चरणमा पुगेपनि अझै सञ्चालन मोडालिटी भने टुंगो लागेको छैन। 

त्यस्तैगरी, बारामा निर्माणको चरणमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा भने खासै प्रगति भएको छैन। चालु आर्थिक वर्षमा तारबार तथा सडक निर्माणका लागि ५० करोड रूपैयाँ विनियोजन गरिएकोमा ६ महिनामा ५ करोड रूपैयाँ मात्रै खर्च भएको छ।

प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  १७:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढीको पूर्वसूचना र जोखिम न्यूनीकरणका लागि सरकारको नयाँ रणनीति, चार हिमतालको सतह घटाइने
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा !
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन
सम्बन्धित सामग्री
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल प्रदेश सरकारका दुई कार्यकाल पूरा हुन लाग्दासमेत आठ स्थानीय तहका केन्द्र सडक पहुँचबाहिर रहनुले दुर्गम क्षेत्रको पूर्वाधार विकासमा राज... शनिबार, कात्तिक ७, २०८३
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
हुथी आक्रमणपछि दुई सातादेखि बन्द रियाद विमानस्थलमा उडान फेरि सञ्चालनमा, तर अझै आक्रमणको चेतावनी आइतबार, कात्तिक ८, २०८३
बाढीको पूर्वसूचना र जोखिम न्यूनीकरणका लागि सरकारको नयाँ रणनीति, चार हिमतालको सतह घटाइने आइतबार, कात्तिक ८, २०८३
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा ! आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कङ्गोमा इबोलाविरुद्धको खोप परीक्षण सुरुः महामारी नियन्त्रणमा नयाँ आशा आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्