धनगढी- बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्याका अभियुक्तमाथि अनुसन्धान गर्न प्रहरीले तेस्रो पटक थप ५ दिन म्याद पाएको छ।
यसअघि अनुसन्धानका लागि पहिलो र दोस्रो गरि १० दिन म्याद पाएको प्रहरीले तेस्रो पटक ५ दिन म्याद पाएको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, एसएसपी मुकेकुमार सिंहले अनुसन्धानको लागि अदालतबाट थप पाँच दिनको म्याद लिएको बताए।
भागरथीको बलात्कारपछि हत्या गरेको अभियोगमा फागुन ४ गते स्थानीय दिने भट्ट पक्राउ परेका थिए। उनले प्रहरीसँग भागरथीको बलात्कार र हत्या आफूले गरेको स्वीकार गरेकाे बताइएको छ। त्यसपछि प्रहरीले उनलाई सार्वजनिक गरेको थियो।
गत माघ २१ गते दोगडाकेदार गाउँपालिकाको स्थानीय सनातन धर्म माध्यमिक विद्यालयबाट घर फर्किने बेला बेपत्ता भएकी भागरथीको बलात्कारपछि हत्या गरेको अवस्थामा माघ २२ गते लवलेक सामुदायिक वनमा शव फेला परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।