• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

सेनाको सुरक्षा संयन्त्र प्रभावकारी भए राष्ट्रिय सुरक्षा सुदृढ हुन्छ : सैनिक प्रवक्ता पौडेल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, फागुन १४, २०७७  २१:०२
1140x725

सेनाले आफ्नो गुप्तचरी संयन्त्रलाई प्रभावकारी बनाउन स्थानीय तहसम्म गृहकार्य शुरु गरेको छ। यो खबर मिडियाहरूमा आएसँगै सबैको चासो पनि बढेको छ। सरकारको आफ्नो छुट्टै गुप्तचरी संयन्त्र हुँदाहुँदै सेनाले किन सैनिक गुप्तचरी सक्रिय बनाउन लाग्यो त यो प्रश्न र संशय देखिएको छ। यसै विषयमा न्युज एजेन्सी नेपालले सेनाले सक्रिय बनाउन लागेको गुप्तचरी संयन्त्रको उपादेयता र कामको बारेमा नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलसँग कुराकानी गरेको कुराकानीको सम्पादित अंश: 

केही दिन यता मिडियामा सैनिक गुप्तचरीको विषयमा समाचार आएपछि द्विविधाहरू उत्पन्न भएका छन्। यो विषय के हो? 
सैनिक गुप्तचरी (मेलिटिरी इन्टेलिजेन्स) कुनै नयाँ विषय होइन। प्रत्येक सेनाले आफ्नो अपरेसनल तयारीको लागि नियमित रुपमा गर्ने विषय नै हो। अन्तर्राष्ट्रिय प्रचलन अनुसार पनि प्रत्येक देशको सेनाले जानकारी भएका अर्थात् ज्ञात सुरक्षा सम्बन्धी खतराहरूको अनुगमन गर्ने त्यसको मूल्याङ्कन गर्ने, प्रवृत्ति विश्लेषण (ट्रेन्ड एनलाइसिस) गर्ने र भविष्यमा उत्पन्न हुन सक्ने सुरक्षा खतरालाई पनि आँकलन गरिरहने एक नियमित प्रक्रियाको पाटो मात्रै हो। त्यसैले यसलाई यही ढंगले बुझ्दाखेरी उपयुक्त हुन्छ जस्तो लाग्छ। 

यसले सेनाको नियमित कामलाई कहाँ कसरी सहयोग गर्छ?
मुख्य रूपमा सेनाको भूमिका भनेको राष्ट्रिय सुरक्षासम्बन्धी विषयमा आफ्नो भूमिका निर्वाह गर्ने हो र संविधानले दिएको भूमिकालाई निर्वाह गर्छ। सही र सामयिक सूचना र प्रभावकारी सूचना संयन्त्र जसको व्यापकता र जसको विशेषता अथवा जसको क्षमता को आधारमा सूचना संकलन हुन सक्यो भने समयमा नै यस्ता खतराहरूको आँकलन गर्न सकिन्छ र सोही अनुसारको पूर्व तयारीहरू गर्न सकिन्छ।

तालिमसम्बन्धी पूर्व तयारी होस्, थप सूचना संकलन गर्नुपर्ने पूर्व तयारी होस्, अथवा विश्लेषण र आफ्नो गतिविधिसम्बन्धीको प्राथमिकता तय गर्ने विषयमा होस्, यसले सैनिक सङ्गठनहरूलाई मद्दत पुर्‍याउने भएको हुनाले सूचना सङ्कलन सैनिक दृष्टिकोणबाट ठूलो महत्व राख्दछ। 

Ncell 2
Ncell 2
nimb
nimb

सेनाले गर्ने भनेको दुरगामी प्रकृतिका सुरक्षा चुनौतीलाई मध्यनजर राखेर सूचना संकलन गर्ने हो। जबजब सूचना सामूहिक रुपमा र प्रभावकारी ढंगले हामीले सङ्कलन गर्न सक्दैनौं तबतब राज्यले क्षति व्यहोर्नुपरेको अवस्था हामीले देखेका छौं। त्यसले गर्दा सेनाको सुरक्षा संयन्त्र प्रभावकारी हुनु भनेको अन्ततोगत्वा राष्ट्रिय सुरक्षा सुदृढीकरण हुनु हो भन्ने हामीले बुझ्न आवश्यक छ। त्यसले सैनिक संगठनलाई राष्ट्रिय सुरक्षासम्बन्धी विषयमा सूचना सङ्कलन गर्न अत्यन्त नै महत्वपूर्ण र सहयोगको भूमिका हुन्छ। 

हाम्रो राज्य संयन्त्रभित्र सूचना सङ्कलन गर्ने भिन्दै निकायहरू छन्। गुप्तचरी संयन्त्र छ। त्यसमा पनि आफ्ना लागि त गर्दै आएको छ। अनि सेनाले पनि गर्दा कतै सूचनाहरू मिसिँदा अन्तर्विरोध पो हुने हो कि?
सबै संगठनको आफ्नो आफ्नो संवैधानिक दायित्व छ र उनीहरूको कार्यको प्रकृति फरकफरक छ। तपाईंले इंगित गर्न खोज्नु भएका सुरक्षा निकायहरूको दिनानुदिन गरिने जिम्मेवारीहरूमा आवश्यक पर्ने सूचनाको प्रकृति फरक छ र? सेनाले आफ्नो लागि आफ्नो पूर्व तयारीको लागि आवश्यक पर्ने सूचना सङ्कलन गर्ने त्यसको प्रकृति र त्यसको विषयवस्तुहरू फरक भएको हुनाले यस्तो विषयमा अन्तर्विरोध हुने सम्भावना मैले न्यून देख्दछु। तर अवश्य पनि विभिन्न सुरक्षा निकायका अथवा विभिन्न सूचना सङ्कलन गर्ने संयन्त्रहरूबीच समन्वयको भने राम्रो आवश्यकता पर्दछ। जसले गर्दाखेरी सही र सामयिक सूचना अन्तत्वगत्वा सरकारले नै प्राप्त गर्ने हो। 

सिधा हेर्दा सेनालाई चाहिएको सूचना सङ्कलन गरिन्छ भन्नुभयो। तर राज्यले कसरी प्राप्त गर्न सक्छ?
यसलाई कसरी बुझ्नु उपयुक्त हुन्छ भन्दा सेनाले सैनिक दृष्टिकोण र सैनिक आवश्यकता पूर्ति गर्नका लागि सङ्कलन गर्ने सूचनाहरू राज्यको दैनिक अथवा नियमित कार्यप्रक्रियाहरूमा आवश्यकता पर्दछ जस्तो मलाई लाग्दैन। किनभने यो दीर्घकालीन रुपमा उत्पन्न हुन सक्ने सुरक्षासम्बन्धी खतरालाई तयार पारिएको हुन्छ र कम्ब्याट इन्टेलिजेन्स भन्छौं हामी सो सम्बन्धमा आधारित रहेर हामीले सूचना सङ्कलन गरेको हुनाले राज्यको नियमित प्रक्रियामा यसको भूमिका अलिकति न्यून नै रहन्छ। तर स्वभाविक रुपमा सेनाले राज्यलाई नै सहयोग गर्ने भएको हुनाले बृहत्तर सुरक्षा सम्बन्धी संवेदनशिलता (लार्जर सेक्युरिटी इन्ट्रेष्ट) अथवा त्यस्तो किसिमको सुरक्षा सम्बन्धी विषयमा आवश्यक परेको खण्डमा राज्यले सेनासँग सो सम्बन्धी विषयवस्तुहरूमा इनपुट माग्न सक्छ र हामी त्यो दिन सक्छौं। 

Xtrem
Xtrem

बजारमा फैलिएका अफवाहहरू बारे केही स्पष्ट पार्न चाहनुहुन्छ?  
मुख्यरुपमा बुझ्नुपर्ने कुरा के हो भन्दा अहिलेको विश्व परिवेशमा सूचना सङ्कलन अत्यन्तै महत्वपूर्ण विषय हो। सूचना सङ्कलन सैनिक दृष्टिकोणले मात्रै सिमित रहेको छैन। आजभोलि आर्थिक सूचना सङ्कलन पनि एउटा महत्वपूर्ण राष्ट्रिय सुरक्षाको पाटो रहेको छ। मुख्यरुपमा के हो भन्दा सूचना सङ्कलनको प्रक्रियामा ओपन सोर्स इन्टेलिजेन्स अत्यधिक मात्रामा प्रयोग हुन्छ। त्यसको मतलब हामी सबैजना व्यक्तिहरू सूचनाको स्रोत हुन सक्छौं। तर त्यसको अर्थ सबै जना सेनाको लागि अथावा अमुक संस्था विशेषको लागि इन्फर्मर हुन् भन्ने बुझाई गलत हुन्छ। 

हामी सबै नै सूचनाको लागि कुनै न कुनै ढंगले हाम्रो विशेषज्ञताको कारणले विज्ञताको कारणले जसको कुनै सुरक्षाको आयाम त्यसमा जोडिएको हुनसक्छ। त्यसले गर्दाखेरी सूचनाको स्रोत चाँहि हुन सक्छौं। तर जुन आधिकारिक रुपमा इन्टेलिजेन्स वर्ल्डमा इन्फर्मर भनेर चिनिन्छन्। त्यस्तो किसिमको इन्फर्मर सबैजना होइनन्। त्यो किसिमले बुझिदिन एकदमै आवश्यक छ। जुन 'मिसकन्सेप्सन' अथवा 'मिसप्रसेप्सन' छ, त्यो आवश्यक छैन जस्तो लाग्छ।

प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  २१:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्