काठमाडौं– यौन दुर्व्यवहार, यौन शोषण र मानव तस्करीसहित विभिन्न २४ अपराधमा दोषी पाइएका अमेरिकाका जिम्न्यास्टिक पूर्वप्रशिक्षक जोन गेडर्टले आत्महत्या गरेका छन्। सन् २०१२ मा उनी अमेरिकाको महिला जिम्न्यास्टिक टिममा प्रमुख प्रशिक्षक थिए।
महिला जिम्न्यास्टिक टिममा प्रशिक्षक गेडर्टसँगै काम गरेका टिम डाक्टर लारी नेसारमाथि ३५० भन्दा बढी खेलाडीमाथि यौन दुर्व्यवहार गरेको आरोप प्रमाणित भएको थियो।
जसले उनलाई सन् २०१८ मा तीन सय वर्ष जेल सजाय तोकिएको थियो। नेसारलाई दोषी पाइएको घटनामा नै अनुसन्धान गर्दा प्रशिक्षक गेडर्टविरुद्ध पनि प्रमाणहरु जुटेका थिए।
गेडर्टविरुद्ध मौखिक र शारीरिक रुपमा महिला खेलाडीमाथि दुर्व्यवहार गरेको आरोपमा दोषी पाइएको थियो। त्यसमध्ये दुई खेलाडी त १३ देखि १६ वर्ष उमेरको समेत रहेका थिए। त्यसबाहेक विभिन्न समयमा १४ मानव तस्करीमा पनि गेडर्टको संलग्नता देखिएको थियो।
नेसारले गरेको अपराधमा आफ्नो कुनै संलग्नता नरहेको बताउँदै आइरहेका गेडर्टले आफूविरुद्ध अदालतको फैसला आएपछि बिहीबार आत्महत्या गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।