काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिका-१ मा बर्डफ्लु देखिएको छ। तारकेश्वर-१ मा व्यावसायिक रूपमा पालिएका कुखुरामा परीक्षण गर्दा एचफाइभ एन एट अर्थात बर्डफ्लु संक्रमण पुष्टि भएको पशु सेवा विभागले जनाएको छ।
यसअघि पनि तारकेश्वर नगरपालिका क्षेत्रमा बर्डफ्लु संक्रमण देखिएको थियो। विभागले रोग संक्रमण फैलिन नदिन स्थानीय एवं घरपालुवा पंक्षी नष्ट गरिएको जनाएको छ।
विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै ५ हजार ६ सय ५७ लेयर्स कुखुरा, ७ हजार २ सय ३६ ब्रोइलर कुखुरा, २ हजार ५ सय लोकल कुखुरा, ५० टर्की, १६ बट्टाई, ३ हजार ५ सय ७० अण्डा र ३ हजार केजी दाना नष्ट गरिएको पनि जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।