• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख २४, २०८३ Thu, May 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
रंगमञ्च

‘एक दिन म गाई बनाउन बसेको कुकुर बन्न पुग्यो’

64x64
रासस शुक्रबार, फागुन १४, २०७७  १२:५०
1140x725

काठमाडाैं– हरिवंश आचार्य, नामै काफी छ। नाम सुन्नासाथै जो कोहीका मुहारमा हाँसो छचल्किन्छ। उनले बोल्न थाल्दा धेरैको हाँसोका फोहोरा उठ्छ। अझ व्यङ्ग्य नै कस्दा दर्शक पेट मिचीमिची हास्छन्। उनीभन्दा उमेरले केही पाको मदनकृष्ण श्रेष्ठको हाउभाउ पनि उस्तै। उनका कुरैपिच्छे हाँसोका पेटारा भरिएका हुन्छन्। हास्यव्यङ्ग्य क्षेत्रका कहलिएका ‘महजोडी’ले प्रत्यक्ष र फिल्मी पर्दामा व्यङ्ग्य गर्दै सामाजिक चेत उजिल्याउँदै आएका छन्।

त्यही जोडी बिहीबार भने ध्यानमा बसेझैँ मग्न देखिने प्रयास गरे। धैर्यता चाँडै नै ट्ट्यो। बेलाबेलाका ठट्यौली बान्कीले दर्शक र चित्रकारका मुहारमा मुसुमुसु हाँसो छुटिरहेको थियो। मौनताको अन्यौलता चिर्दै थिए रङ र कुचीसहितका क्यानभास। अरुको हाउभाउ र भावभङ्गीलाई पर्दामा जीवन्त उतार्न पोख्त उक्त जोडीका रेशारेशा केलाउन चित्रकारत्रय कृष्णगोपाल श्रेष्ठ, आशुराम खाइजु र डिराम पालपाली खटिएका थिए। पाल्पालीले कलाकार हरिवंश तथा खाइजुर र श्रेष्ठले मदनकृष्णका मुहारलाई क्यान्भासमा पोते।

चित्रकारितामा कठिन विधा मानिने मुहार चित्र हो। यसमाथि चर्चा कमाएका व्यक्तिको रङ्गिन सन्सारमा उस्तै रङ भर्न कलाकारलाई थप चुनौती थियो। सधैँ हाँसोले भरिने अनुहारका चित्र बनाउने कलाकारका मनमा पनि हँसिलो काया छाइरहेको थियो। यसैले मौनताको त्यो पललाई कैद गर्न हम्मेहम्मे परिरहेको थियो।

बिहीबार पर्दा बाहिर आएका उक्त जोडीलाई कलाकारले क्यान्भासमा प्रवेश गराए। प्रत्यक्ष हेरेर कुचीले पोते। उनीहरुको अनुहासलाई कलाकारले दुरुस्त बनाएर टाँसे। कलाकार मदनकृष्णका मुहार चित्र टाँस्दै गरेका चित्रकार कृष्णगोपाल श्रेष्ठ सामुन्य बसेर चित्र उतार्दा नवरसलाई ख्याल गरिएन भने चित्र बोल्दैन भन्छन्। उनले मदनकृष्णको जीवन्त मुहार उतार्न दिनभर नै कसरत गरे। चित्रकारले कुची चलाउँदै गर्दा मदनकृष्णले हालसालकै चर्चित गीत गुनगुनाउन भ्याए।

फुलबुट्टे सारी, सपक्क पारी, पछ्यौरी मलमलको
कौसीमा बसी तिमीलाई हेर्दा मनमेरो हलचल भो

गीत सुनेर कुची चलाउँदै गरेका चित्रकार एकाग्र भए र गीतमा लठ्ठिए। उपस्थित दर्शकको ध्यानाकर्षित भयो। एकैछिनमा फेरि चित्रकारले क्यान्भासमा एक्रेलिक रङ भर्न थाले। चित्रकारिताको सिद्धान्तले भन्छ, ‘कलाकारले बनाएको चित्र बोल्नुपर्छ।’ अझ सेलिब्रेटिका चित्र बनाउन कलाकार झनै सफल हुनुपर्छ। चित्रकार कृष्णगोपाल श्रेष्ठ भन्छन्, ‘पोट्रेट कोर्दा आँखाको भावलाई ध्यान दिनुपर्छ, हामी हाँस्दा आँखा पनि हाँसिरहेको हुन्छ, त्यसलाई उतार्न सकिएन भने मुहार झल्किँदैन।’

मान्छे कोही शान्त हुन्छ र कोही चलायमान हुन्छ। स्वभावतः मदनकृष्ण शीतल छन्। हरिवंश को स्वभाव चुलबुले छ। त्यही स्वभाव क्यान्भासमा ल्याउनुपर्छ। फोटो हेरेर बनाउन जति सजिलो हुन्छ प्रत्यक्ष बनाउन त्यति नै कठिन हुन्छ। चित्रकार श्रेष्ठ थप्छन्, ‘कुनै पनि वस्तुमा प्रकाश छिरेर प्रभाव पर्छ, कति भाग उठेको छ, कति गहिराइ छ, त्यहीअनुसार रङ भर्दै जानुपर्छ।’

चित्रकारले रङ भर्दै गर्दा कलाकार मदनकृष्णलाई आफ्नो अनुहार क्यान्भासमा टाढाबाट हेरेर चित्त बुझेन। नजिकै गएर क्यान्भार औँल्याउँदै सोधे, ‘मेरो अनुहारसँग मिल्छ ? मिलेको छैन र’, चित्रकारको प्रतिप्रश्नमा श्रेष्ठले मुस्कुराएर मुन्टो हल्लाए। उनले झण्डै एक घण्टा बसेर कलाकारलाई साथ दिए। स्वास्थ्य अवस्था कारण सावधानीका साथ देखिनुभएका मदनकृष्णले भने, ‘मुहार चित्र क्यान्भासमा देख्दा कागजको ऐना हेरे जस्तो महसुस भयो।’

nimb
nimb
Ncell 2
Ncell 2

चित्रकार डिराम पाल्पाली कलाकार हरिवंश लाई क्याम्भासमा उतार्दै थिए। ‘देखे सुनेकै व्यक्तिको चित्र त मानसपटलमा बसेको हुन्छ, त्यसैले सेलिब्रेटीको मुहार ल्याउन अन्यभन्दा चुनौती हुन्छ, अहिले त्यही महसुस गरिरहेको छु’, उनले भने। देखिरहेकोभन्दा अझै बढी अन्तर्क्रिया गर्न सक्यो भने मात्रै त्यो कलाकार सफल हुन्छ।

बिहीबार चुलबुले स्वभावका हरिवंश एकाग्र भएर बस्न सकेनन्। अन्तर्वार्ता, सेल्फी तथा फोटोसेसनमा उनी व्यस्त भए। त्यसबीच पाल्पालीले मुहार चित्र कोर्न सफल भए। उनले पूरा रङ भर्न भने नभ्याएको बताए। कलाकार हरिवंश भन्छन्, ‘म कुनै क्यारेक्टर ल्याउन त्यसको धेरै अध्ययन गर्छु त्यो मान्छेको क्यारेक्टर बुझ्छु, त्यसपछि क्यामरामा उतार्छु तर चित्रकारले गहिराइमा पुगेर एकै बसाइमा क्यारेक्टर निकाल्दिनुभयो, त्यो मेरा लागि प्रेरणा बन्यो।’ उनले बुझेअनुसार आर्ट भनेको मान्छेको आँखा हो। एक्सप्रेसन आँखामा नै निहित हुन्छ। मानिस जे गरिरहेको हुन्छ आँखाले बोलिरहेको हुन्छ। उनले आफ्नो विगतको अनुभव सुनाउँदै ठट्यौली पारामा भने, ‘एक दिन मैले गाई बनाउन बसेको कुकुर बन्न पुग्यो।’ चित्रकारिताको संवेदनशीलतालाई उनको उत्तिनै ठूलै महत्व राख्छ।

मुहारमा उत्रेको हाँसो खुशी तथा रोदन अनि प्रकृतिले खिचिदिएका अनेक रेशा पनि रङबाट भर्नुपर्छ। कलाकारसामु बसेका हरिवंशका आँख हाँसिरहेझैँ लाग्थे। अनि मदनकृष्णका उमेरले दिएको चाउरीपना उमेरसँगै मुस्कुराइरहेझैँ थियो। सेलिब्रेटीका मुहारका अनेक भावभङ्गीबीच प्रविधिको आधुनिक जमानामा कुची हल्लाउँदै कागजमा दृष्य कोर्नु सामान्य होइन।

स्वयं वस्तु, प्रकाश र छायासँग खेलेर कलाकारले मुहार आकृति बनाउँछन्। कलाकार पाल्पालीले क्यान्भारमा नमिलेका मुहारका बान्की मिलाउन निकै मिहेनत र समय खिचे। बीचबीचमा आउने अन्तर्वार्ता र सेल्फीले उहाँको एकाग्रता भङ्ग भएकाले बिहीबार मुहार चित्रले पूर्णता पाउन सकेन भन्छन् उनी।

चित्रकलाका विधामध्ये पोट्रेट चुनौतीपूर्ण विधा हो। दृष्यमा यताउता भए पनि त्यसले फरक पार्दैन। रङ मिलेपछि स्वीकार्य हुन्छ। चित्रकार पाल्पाली भन्छन्, ‘मुहार चित्रमा क्यारेक्टर आउनुपर्छ।’

नेपालमा मुहार चित्र कोर्ने माहोल छैन। एउटै विधा समाउने कलाकार पनि छैनन्। दृष्यचित्र बढी प्रचलनमा छ। धेरैका रुचि पनि त्यसैमा छ। मागअनुसार उनीहरुले नै मुहार चित्र बनाउने गरेका छन्। पोट्रेट बनाउन जान्नेलाई सक्षम कलाकार मानिन्छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य भन्छन्, ‘अझै लाइभ बनाउन सक्यो भने ऊ विश्वमा बिक्छ। उसले हरेक चुनौती स्वीकार्न सक्छ,।’

मुहार चित्रमा एकाग्रताको जरुरत पर्छ। आर्टमा राम्रै दख्खल चाहिन्छ। रङ, स्केच र इफेक्टको सम्बन्धलाई जोड्न सक्नुपर्छ। यसमा पश्चिमा कलाकारमा राम्रो दख्खल छ। ठ्याक्कै ‘क्यारेक्टर’ झल्केन भने मुहार चित्र हुन्न। जीवन्त चित्र बनाउन सकिएन भने मुहार चित्रको महत्व रहँदैन। त्यसमाथि लाइभ बनाउनु अर्काे चुनौती हो।

मङ्गलबारदेखि शुरु भएको मुहारचित्र कार्यशालामा महजोडीसहित नायिका मनिषा कोइराला, पूर्वप्रदेश प्रमुख अनुराधा कोइराला, गायिका आनी छोइङ डोल्मा, व्यवसायी प्रदीपकुमार श्रेष्ठ, सुरेन्द्रवीर मालाकार, प्रतिष्ठानका कुलपति कर्माचार्यसहित पृथ्वीबहादुर पाण्डे, भद्रकुमारी घलेलगायत १२ व्यक्तित्वका मुहार चित्र बनाइने कार्यक्रम संयोजक सुष्माराज राजभण्डारीले जानकारी दिए। 

प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  १२:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
यस वर्षको मिस नेपाल बनिन् लुना लुइँटेल उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्। यस्तै,  मिस अर्थ सोनी घले भइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूशा भण्... शनिबार, भदौ १४, २०८२
‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’ बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। बिहीबार, भदौ ५, २०८२
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इ... शनिबार, जेठ ३, २०८२
ताजा समाचारसबै
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
जल तथा मौसम विज्ञान सेवाको क्षमता विस्तार र स्तरोन्नति गरिने बुधबार, वैशाख २३, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
ट्रेड युनियन कार्यालयहरू बन्द गरेर तोकिएको जिम्मेवारीमा तत्काल फर्कन कर्मचारीलाई सरकारको निर्देशन मंगलबार, वैशाख २२, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्