धनगढी–कैलालीको हसुलियामा यही फागुन १४–१५ गते हुने थरुहट थारुवान राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ। कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ‘शान्ति सद्भाव न्याय र अधिकारका लागि दासता विरुद्धको थरुहट थारुवान विशेष राष्ट्रिय सम्मेलन’ नाम दिइएको कार्यक्रमको तयारी पूरा भएको थरुहट थारुवान मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारूले बताए।
सम्मेलनमा राजनीतिक दलका नेता तथा प्रतिनिधि, मानव अधिकारकर्मीलगायत सहभागी हुने बताउँदै संयोजक थारूले हरेक पार्टीभित्र थारूप्रतिको बुझाइबारे बृहत् छलफल गरी निष्कर्षमा पुगिने बताए।
दलित, खसान, तमुवान, मगरातलगायत पहिचानवादीबीच छलफल गरिने बताउँदै थारुले कार्यक्रम पहिचानको सवालमा केन्द्रित हुने दाबी गरे। सम्पूर्ण थरुहट शक्तिलाई एकबद्ध गर्न सम्मेलनको आयोजना गरिएको मोर्चाका केन्द्रीय प्रवक्ता मीनराज थारूले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।