• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सत्तारोहणको चर्चासँगै कांग्रेसमा नयाँ विवाद प्रवेश 

64x64
लिलु डुम्रे बिहीबार, फागुन १३, २०७७  १६:४७
1140x725

काठमाडौं- मुलुक नयाँ राजनीतिक ‘कोर्ष’मा प्रवेश गरेसँगै नेपाली कांग्रेसमा नयाँ विवादको विजारोपण भएको छ। प्रतिनिधि सभा पुनःस्थापना भएसँगै भावी सरकारमा कांग्रेस ‘जानुपर्ने र जान नहुने’ विषयमा कांग्रेसभित्र मतभिन्नता देखिएको छ। संस्थापन पक्ष सरकारको नेतृत्व प्राप्त गर्ने गरी सत्तामा जानुपर्ने तर्क गरेको छ। तर, संस्थापनइतरका नेताहरूले भने सत्तामा जाने कांग्रेसलाई 'म्यान्डेड' नभएको तर्क अघि सारिरहेका छन्।

नेकपाको प्रचण्ड–माधव पक्षले प्रधानमन्त्रीका रुपमा कांग्रेस सभापति शेरबहादुर देउवालाई स्विकारेको छ। सरकारको नेतृत्व देउवाले प्राप्त गर्ने अवसर आए पनि कांग्रेसका लागि ‘प्रत्युत्पादक’ हुने टिप्पणी कांग्रेसभित्र उठ्न थालेको छ। बुधबार देउवालाई नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले भेटेका थिए। उनीहरुले भावी सरकारमा सहकार्यको प्रस्ताव गरेका थिए। पार्टीभित्र थप छलफल गरेर निर्णय लिने गरी दुई पक्षको बुधबारको भेट सकिएको थियो। पार्टीको आधिकारिक धारणा तय गर्न देउवाले बिहीबार पदाधिकारी बैठक बोलाएका छन्।

देउवाले प्रधानमन्त्रीको आश्वासन पाए पनि सरकारका लागि हतारिन नहुने आवाज पार्टीभित्र उठेको छ। देउवासँग प्रचण्ड र माधवको भेटबारे बुधबार नै एक कार्यक्रममा प्रतिक्रिया दिँदै महामन्त्री डा शशांक कोइरालाले भनेका थिए, ‘सभापतिलाई प्रधानमन्त्री बन्ने अवसर आएको होला। उहाँले के गर्नुहुन्छ मलाई थाहा छैन। मेरो विचारचाहिँ हाम्फाल्नु हुन्न भन्ने हो।’

प्रतिनिधि सभा विघटनविरुद्ध सडक आन्दोलन गर्दा संसद पुनःस्थापनाको मागलाई नउठाएको भन्दै संस्थापनइतर देउवासँग चिढिएको छ। अदालतलाई प्रभाव पार्ने गरी आन्दोलन गर्न नहुने देउवाको तर्क थियो। वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले संसद पुर्नबहालीको मागसहित सडकमा जाऔं भन्दा देउवाले टेरेनन्। अन्ततः संसद पुनःस्थापना भयो। संसद पुनःस्थापनापछि पार्टी सभापतिले राजीनामा दिनुपर्ने नेता डा शेखर कोइरालाले भनिसकेका छन्। सरकारमा जानै नहुने मत कोइरालाको छ। 

संसद विघटनको मुद्दालाई सडकमा प्रभावकारी बनाउन कांग्रेसले नेतृत्व गर्नुपर्ने जोड संस्थापनइतरका नेताको थियो। विगत दुई महिनाको समीक्षा गर्दा कांग्रेस चुकेको स्विकार्छन्, नेता गगन थापा। ‘गएको दुई महिनामा दुईटा धारणा आए। नेतृत्व अलमलिए जस्तो भयो। लगातार त्यस्तो भइराख्यो’, नेपाल लाइभसँग नेता थापाले भने, ‘हामीले लिएकै लाइनमा सबै नेता उभिएको भए प्रतिनिधि सभा पुनःस्थापना भइसकेपछि पार्टी संविधानका पक्षमा एक भएर लड्यो भन्न पाउने अवस्था रहन्थ्यो। त्यो कताकता धुमिल भएको हाम्रै कारणले हो।’

गत निर्वाचनको मत कांग्रेसलाई सरकार बनाउने गरी नआएकाले सत्तामा जान नहुने थापाको धारणा छ। थापाले भने, ‘यो विषयमा पार्टीभित्र राम्रोसँग छलफल भएर निष्कर्षमा पुगिएला। तत्काल यतिखेर मेरो दिमागमा चलिरहेको चाहिँ नेपाली कांग्रेसले यो पटकको निर्वाचनबाट सरकार चलाउने जनादेश नै पाएको छैन।’

कांग्रेसले पाएको जिम्मेवारी प्रतिपक्षकै हो भन्ने ठानेर पार्टीले निर्णय गर्नुपर्ने उनको राय छ।

सरकारको नेतृत्व गर्नेले देशलाई नै अड्काइदिएको बेला निकास दिने काम भने कांग्रेसकै हुने उनले बताए। नेकपाकै कारण कांग्रेसले नै सरकारको नेतृत्व गर्नुपर्ने अवस्था आए त्यसलाई स्विकार गर्नुपर्ने विकल्पबारे उनी भन्छन्, ‘नेकपाको कारणले गर्दा सरकार हामीले पायौं भनेर अर्को लामो समयसम्म सरकार चलाउने दृष्टि राख्नु हुँदैन।’

Ncell 2
Ncell 2
nimb
nimb

तर, संस्थापनइतर पक्षले राखेका तर्कलाई स्विकार्न देउवा पक्ष तयार छैन। प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनिसकेपछि ‘कांग्रेस ढुलमुले भयो’ भन्नु तथ्यहीन भएको देउवा पक्षको भनाइ छ। असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नै सडकमा विरोध गरिएको उनीहरूको तर्क छ।

संवैधानिक संकट र राजनीतिक अस्थिरतालाई रोक्ने कार्य सर्वोच्च अदालतको फैसलबाट भएको छ। जुनसुकै फैसला आए पनि स्वागत गर्ने भन्दै कांग्रेस प्रतीक्षामा थियो। जुनसुकै फैसला आए पनि त्यसलाई स्विकार्ने भनिए पनि त्यसअघि आफ्नो मुद्दामा स्पष्ट हुनुपर्ने जोड संस्थापनइतरका नेताहरूले गरिरहेका थिए।

सर्वोच्चको फैसला स्विकार्नु संसदको प्रक्रियालाई स्विकार्नु भएको बताउँछन्, देउवा पक्षीय नेता मीन विश्वकर्मा। अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्य असंवैधानिक ठहर गरिसकेपछि उही पक्षसँग सत्ता साझेदारी गर्न नहुने उनको भनाइ छ।

अविश्वासको प्रस्ताव प्रचण्ड-माधव पक्षले दर्ता गरेका छन्। त्यसमा कांग्रेस भने सहभागी थिएन। वैकल्पिक सरकारको नेतृत्वको प्रस्तावसहित पुनः अविश्वासको प्रस्ताव दर्ता हुने सम्भावना छ। नेकपा औपचारिक रुपमा विभाजन भइसकेको छैन। कांग्रेस नेताहरूका अनुसार नेकपाको दुई पक्ष मिलेर पुनः सरकार बनाउने अवस्थामा कांग्रेस सत्ताको हिस्सेदारी बन्न सक्दैन। तर दुई पक्ष मिलेर सरकार बनाउने सम्भावना तत्काललाई देखिएको छैन। अर्कोतर्फ दुवै समूहले सरकार बनाउन जनता समाजवादीको सिट संख्याले पनि साथ दिँदैन। त्यसबेला निर्णायक संख्या कांग्रेसको नै हुन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अन्य दलको सरकार बन्न नसकेको अवस्थामा कांग्रेस सरकार बाहिर बस्न नहुने धारणा राख्छन्, नेता विश्वकर्मा। उनले भने, ‘यदि सरकार बन्ने अवस्था भएन भने फेरि मध्यावधिमा जानुपर्ने हुन्छ।’ 

सरकार बनाउन नेकपाको दुई समूहमध्ये एकलाई कांग्रेसले साथ दिनु नै पर्छ। त्यसबेला ‘पुच्छर वा शीर’ भएर साथ दिने प्रश्न कांग्रेसभित्र उठ्नेछ। ‘शीर’ नै भएर सरकार सम्हाल्ने ध्याउन्नमा देउवा पक्ष लागेको छ। कांग्रेस सरकारमा नजानुले कांग्रेसका लागि अर्को हानी हुने आकलन पनि गरिएको छ। नेता विश्वकर्मा भन्छन्, ‘हामी सरकारमा नजानु भनेको नेकपाका दुई समूह मिल भन्नु पनि हो। उनीहरूलाई जबरजस्ती मिल्नु भन्नु हो।’

राजनीतिक स्थिरताका लागि सरकारको नेतृत्व गर्ने गरी सत्तामा जाने सम्भावना रहेको उनले बताए। उनले भने, ‘नेतृत्व नै नपाउने भए पो कांग्रेस डराउनु! नेतृत्व पाउने भए किन डराउनु?’ सरकारको नेतृत्वका लागि नेकपाको दुवै तर्फबाट ‘अफर’ आएको उनले खुलासा गरे। 

संस्थापनइतरका नेताहरूले सरकारमा जान नहुने तर्क गरिरहँदा त्यसको प्रतिवाद विश्वकर्माले गरे। सरकार बन्न नसक्दा अस्थिरता निम्तिने संस्थापनको बुझाइ छ। ‘कांग्रेस सरकारमा नजानु भनेको मध्यावधिमा जानु भनेको हो’, नेता विश्वकर्माले भने, ‘मध्यावधिमा जान हुँदैन भन्ने साथीहरू नै सरकारमा जानु हुँदैन भन्दैछन्।’ 

फैसला हुनुअघि निर्वाचनको विरोध गर्नेहरूले नै निर्वाचन जाने परिस्थिति निर्माण गर्न लागेको उनको आरोप छ। संस्थापनइतरका नेताहरूको तर्कलाई अस्थिरतावादी तर्क भएको उनले टिप्पणी गरे।

सरकारमा जानुभन्दा पार्टी महाधिवेशन र आउँदो निर्वाचनको तयारीतिर लाग्नुपर्ने पौडेल पक्षको जोड छ। ताजा जनादेशमा जानुपर्नेमा पौडेल पक्षका कतिपय नेताहरूको मत छ। पौडेल पक्षीय नेता नवीन्द्रराज जोशीले भने, ‘कांग्रेस सरकारमा जानु हुँदैन। ताजा जनादेशतिर जानुपर्छ। चुनावपछि आउने सरकारको नेतृत्व कांग्रेसले गर्ने गरी अघि बढ्नुपर्छ।’ 

संसदको वर्तमान अंकगणित अनुसार कांग्रेसले सरकार बनाउन सहयोग गरेन भने संविधानतः मुलुक निर्वाचनमा जानेछ। संसदमा सरकार बनाउने विकल्प सकिएपछि निर्वाचनमा जान संविधानले व्यवस्था गरेको छ। अब सरकार बन्न नसक्नु भनेको संविधानको धारा ७६ (७) आकर्षित हुनु हो। निर्वाचनतिर मुलुकलाई प्रवेश गर्न नदिने एकमात्र शक्ति कांग्रेस हुनेछ। देशलाई अहिले नै नयाँ सरकार दिने वा निर्वाचनमा लैजाने भन्ने विषयको निर्णायक बल कांग्रेसको कोर्टमा छ।

प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  १६:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? महाधिवेशनमा निर्वाचित उम्मेदवारमध्ये सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० जनाको सूचीमा सभापति थापासहित खुला केन्द्रीय सदस्य, महिला केन... शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत कमजोरी वा गलत प्रवृत... शनिबार, असोज ३१, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति सहमति अनुसार श्रेष्ठसम्बन्धी विषय प्रेस काउन्सिल नेपालमा लगिनेछ। त्यस्तै, पन्तले पनि श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमा पोस्ट नगर्ने सह... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्