• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन २०, २०८३ Wed, Aug 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

यस्ता छन् गौरवका आयोजना समयमा नसकिनुका कारण र समाधानका उपाय

64x64
नेपाल लाइभ बिहीबार, फागुन १३, २०७७  १०:४७
1140x725

काठमाडौं– नेपालमा विकास आयोजना सयममा सम्पन्न नहुने कुरा नयाँ लाग्दैन। विगतदेखि नै हाम्रा आयोजनाले घोषणामा प्राथमिकता पाउने तर समयमै निर्माण हुने अवसर पाइरहेका छैनन्। आयोजनाको घोषणा नेताको प्रतिष्ठा र चुनावी नारामा बढी केन्द्रित हुँदा निर्माण ओझेलमा परेको हो। 

सरकारले पूर्वतयारी तथा डिजाइन नै नभएका आयोजनाको शिलान्यास गर्ने गरेको छ। राजनीतिक नेतृत्वको दबाबमा त्यस्ता आयोजना घोषणा हुने गरेको छ। दूरगामी प्रभाव पार्ने आयोजनालाई तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रिय गौरवका आयोजना घोषणा गरे। राष्ट्रिय गौरवका आयोजनामा आइपर्ने कानुनी जटिलता समाधान गर्ने र पर्याप्त बजेट विनियोजन गर्ने नीति लिइएको थियो। 

राष्ट्रिय गौरवका आयोजना घोषणा त भए तर त्यसका लागि आवश्यक सहजता समयमै नहुँदा आयोजना तोकिएको मितिमा पूरा हुन नसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसचिव तुलसीप्रसाद सिटौलाले बताए। ‘सरकारले राष्ट्रिय गौरवका आयोजनामा आयोजनालाई समावेश गर्ने कुरालाई प्राथमिकता दियो,’ सिटौलाले भने, ‘तर गौरवको सूचीमा आयोजना राख्ने अनि निर्माण समयमा सक्न पहल नगर्ने अवस्था आएको छ।’ 

nimb
nimb
Ncell 2
Ncell 2

सरकारले राष्ट्रिय गौरवका आयोजनाको खरिद प्रक्रियालगायत विषयलाई छिटो टुंग्याउने व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए। यसका लागि सार्वजनिक खरिद ऐनमै संशोधन गरेर विशेष व्यवस्था गर्न ढिलो गर्न नहुने सिटौलाको भनाइ छ। ‘अहिले विकास निर्माणको क्षेत्रमा खराब रोग बढेको छ। ‘ब्याक डोर’बाट आयोजनालाई राष्ट्रिय गौरवका आयोजनामा समावेश गर्न थालिएको छ,’ सिटौलाले भने, ‘आयोजना छनोटमा योजना आयोगले विशेष ख्यान गर्नुपर्छ।’ 
आयोजना समयमै नसकिँदा लागत स्वाभाविक रुपमा बढ्ने गर्छ। जसको प्रत्यक्ष प्रभाव नागरिकले आयोजना बनेपछि पाउने लाभबाट समेत बञ्चित हुने अवस्था आएको छ। 

अर्थमन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को अर्धवार्षिक समीक्षामा राष्ट्रिय गौरवका आयोजनाका समस्या र समाधानका उपाय सुझाएको छ। 

यस्ता छन् समस्या र समाधानका उपायः 

  • राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन र सञ्चालन गर्ने छुट्टै कानुन नहुँदा आयोजनाको कार्यान्वयन पक्ष कमजोर रहेको।
  • आयोजना निर्माण गर्ने मोडालिटी, कुल लागत, समयावधि, जग्गा प्राप्ति र मुआब्जा, क्षतिपूर्ति, पुनर्वास र विस्तृत आयोजना प्रतिवेदनजस्ता आधारभूत विषयहरू यकिन नभई राष्ट्रिय गौरवका आयोजनाको रूपमा वर्गीकरण हुँदा आयोजना निर्माणको कार्यक्रम अलमल देखिनु।
  • राष्ट्रिय गौरवका सडक आयोजनाको रेखांकनमा बारम्बार परिवर्तन हुँदा लागत र निर्माण अवधि अनिश्चित हुनु।
  • निर्माण कार्यको प्राविधिक अध्ययन, वित्तीय तथा व्यवस्थापकीय क्षमतासमेत परीक्षण नगरी खरिद सम्झौता हुनु, नियमित अनुगमन मूल्यांकन नहुनु र तोकिएको समयमा कार्य सम्पन्न गर्ने निर्माण व्यवसायीलाई परिचालित गर्न नसक्नु।
  • दक्ष प्राविधिक कर्मचारी तथा श्रमिक र निर्माण सामाग्रीहरूको आयोजनामा अभावका कारण समयमै निर्माण कार्य सम्पन्न नहुनु।
  • आयोजना सञ्चालन गर्ने संघीय निकाय र प्रदेश एवम् स्थानीय तहबीच कार्यगत समन्वय नहुनु।
  • आयोजना क्षेत्रभित्र रहेको वनको रूख कटान स्वीकृतिमा विलम्ब कायमै रहनु।
  • जग्गाधनी पुर्जा नभएका तर हकभोग गरिरहेका घर जग्गाको क्षतिपूर्ति निर्धारण गर्ने स्पष्ट मापदण्ड नहुनु। जग्गाको क्षतपूर्ति र घर टहराको मूल्यांकन उच्च हुँदा आयोजनाको लागत बढ्नु।
  • आयोजना निर्माण पूर्व सम्पन्न गर्नुपर्ने कार्य नहुँदै ठेक्का सम्झौता गरिने कारणले निर्माण व्यवसायीले नियमित रूपमा काम गर्न नपाउँदा पटकपटक ठेक्काको म्याद थप गरी भेरिएसन समेत गर्नुपर्ने अवस्थाका कारण आयोजनाको लागत बढ्दै जानु।
  • आयोजनाबाट प्रभावित बासिन्दासँग समन्वयको अभावका कारण पटकपटक आयोजना सञ्चालनमा अवरोध सिर्जना हुनु।
  • आयोजना कार्यान्वयन गर्दा कार्ययोजना अनुसार कार्यान्वयन नहुनु र आयोजना सुरू भइसकेपछि कार्यक्षेत्र विस्तार गर्ने प्रवृत्तिका कारण आयोजनाको लागत वृद्धि हुनु।

समाधानका उपाय

  • ठूला र रूपान्तरणकारी आयोजनाको लागत, समय र प्रतिफल एकिन गरी आयोजना सञ्चालन पूर्वका चरणहरू जस्तैः जग्गा प्राप्ति, प्रारम्भिक वातावरणीय परीक्षण, वातावरणीय प्रभाव मूल्याङ्कन, रूख कटान, विस्तृत परियोजना प्रतिवेदन जस्ता पक्षहरूको टुंगो लागेपछि मात्र राष्ट्रिय गौरवको आयोजनाको रूपमा घोषणा गर्ने।
  • आयोजना सुरु भएपछि कार्यक्षेत्र विस्तार गर्ने प्रवृत्तिलाई निश्चित मापदण्ड र आधारमा सीमित गर्ने।
  • राष्ट्रिय गौरवको आयोजनाको घोषणापूर्व नै आयोजना निर्माण तथा कार्यान्वयन ढाँचा निर्धारण गरी पर्याप्त वित्तीय स्रोतको प्रवन्ध गर्ने।
  • मुआब्जा, क्षतिपूर्ति, बस्ती स्थानान्तरण तथा पुनर्वाससम्बन्धी विषयलाई सम्बोधन गर्न माग मूल्यांनको आधारलाई समसामयिक बनाई विवादरहित बनाउने।
  • राष्ट्रिय गौरवको आयोजनामा हुने कानुनी विवाद, स्थानीय अवरोध एवम् खरिद सम्बन्धी विषयमा दूत निर्णय गर्न सक्ने विधि सहितको छुट्टै कानुनी प्रबन्ध गर्ने।
  • आयोजना निर्माण, व्यवस्थापन तथा सञ्चालनलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रशासकीय नेतृत्वलाई जिम्मेवार बनाउने। आयोजना क्रियाकलापको नतिजा मापन गर्न स्पष्ट मानक र प्रतिफल सूचकसहित कार्यसम्पादन सम्झौता गरी समीक्षासहित परियोजना व्यवस्थापकलाई ग्रेडिङ गरी जवाफदेही तुल्याउने।
  • पर्याप्त कारण र आधार नभई आयोजना प्रमुख तथा अन्य कर्मचारीहरू छिटो छिटो सख्वा नगर्ने।
  • नतिजा खाकामा आधारित अनुगमन तथा मूल्यांकनसम्बन्धी कानुन तर्जुमा गरी विकास परिणामको लागि व्यवस्थापकीय प्रबन्धमा आधारित प्रणाली लागु गर्न लजिकल फ्रेमवर्कको प्रभावकारी कार्यान्वयन गर्ने।
  • आयोजनाको पहिलो चरणको निर्माण पूर्ण रूपमा सम्पन्न नहुँदै दोस्रो चरणको निर्माण कार्यमा प्रवेश नगर्ने।
  • आयोजनाका लागि वैदेशिक सहायता परिचालन गर्ने गरी द्विपक्षीय तथा बहुपक्षीय दातृ निकायसँग वार्ता गर्दा प्रतिवद्धता अनुरूप तोकिएकै समयमा सहायता प्राप्त हुने सुनिश्चितता भएपछि मात्र आयोजनाको लागि वैदेशिक स्रोत व्यवस्थापन गर्ने।
  • आयोजना निर्माण अवधिभर निर्माणजन्य सामग्री र जनशक्तिको अभाव हुन नदिने विशेष प्रबन्ध गर्ने।
  • आयोजनाको पोर्टफोलियो लगानी ढाँचा सार्वजनिक, निजी र सामुदायिक सम्बन्धका विषयमा आयोजना स्वीकृत पूर्व नै निश्चित हुनु पर्ने।
  • ठेक्का सम्झौता भएपछि सरकार र करारको अर्को पक्षबीच विवाद सिर्जना जस्तैः रनिङ विल ढिला भुक्तानी, निर्माणस्थलको उपलब्धता, सम्बन्धित पक्षवाट अनुमति लिन हुन ढिलाइ, निर्माण सामग्री निकाल्ने क्वेरी साइटको अनिश्चितता र तेस्रो पक्ष बीमा विवादका कारण वहस पैरवीमा पर्याप्त प्रमाण र आधार पेश नगर्दा सरकारको विपक्षमा फैसला हुने र मध्यस्थकर्ताको आदेशले भुक्तानी दिनुपर्ने कारणले समेत दायित्व बढ्ने गरेकाले यस्ता विषयहरूमा राष्ट्रिय विकास समस्या समाधान समितिबाट विवाद व्यवस्थापन गर्ने उपाय अवलम्वन गर्ने।
     

प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  १०:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय कृषि नीति, २०८३ जारी
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
बढ्यो सुनको भाउ
सम्बन्धित सामग्री
नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार सुरुङमार्ग तत्काल सबै सवारीसाधनका लागि खुला गरिने छैन । सुरुमा एम्बुलेन्स, दमकल, सुरक्षा नि... सोमबार, साउन ११, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका उद्घाटन कार्यक्रम बिहान १०.२५ बजेदेखि सुरु हुने उद्घाटन कार्यक्रम मध्याह्न १२:१५ बजेसम्म चल्ने छ । सार्वजनिक तालिका अनुसार कार्यक्रम... आइतबार, साउन १०, २०८३
कृषि ऐन नहुनु दुःखद्, यसै वर्षदेखि वन रक्षकको नयाँ भर्ना खोल्छौँ: मन्त्री गीता चौधरी प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्रालयको प्रगति र आगामी कार्ययोजनाबारे धारणा राख्दै उनले... शुक्रबार, साउन १, २०८३
ताजा समाचारसबै
राष्ट्रिय कृषि नीति, २०८३ जारी बुधबार, साउन २०, २०८३
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त बुधबार, साउन २०, २०८३
बढ्यो सुनको भाउ बुधबार, साउन २०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, साउन २०, २०८३
पहिराले नारायणगढ-मुग्लिन सडक खण्डमा यातायात सेवा अवरुद्ध बुधबार, साउन २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आफन्तले बुझेनन् कप्तानगञ्ज घटनामा ज्यान गुमाएका रवीन्द्रको शव, गृहमन्त्री अस्पताल जाँदै मंगलबार, साउन १९, २०८३
देशमा नेपाली सेना बाहेक अरू सेना स्वीकार्य छैन :  हर्कराज राई मंगलबार, साउन १९, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, साउन २०, २०८३
तीजको रौनक थप्दै ‘एक एक जोड्दा दुई भाछ’ सार्वजनिक मंगलबार, साउन १९, २०८३
बढ्यो हवाई भाडा [सूचीसहित] मंगलबार, साउन १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
सिरहामा दुई पक्षबीच झडप, दुई जना घाइते, प्रहरीले गोली चलायो, कर्फ्यु आदेश बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्