काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) राष्ट्रपति विद्यादेवी भण्डारीले राखिन् पशुपतिमा ८० करोडको सुनको जलहरी, तत्काल नराख्न सर्वोच्चको अन्तरिम आदेश जारी, जलहरी राख्नु कानुन विपरीत भएको संस्कृत विदहरुको भनाइ
२) प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाबारे प्रदीप ज्ञवालीको प्रतिक्रिया– मुलुकलाई अन्योलमा राख्नुहुँदैन, सर्वोच्चले तोकिदिएको समयसीमा भित्रै संसद् बैठक बोलाउने जानकारी
३) कसलाई प्रधानमन्त्री बनाउने भनेर स्पष्ट नीति बनाइनसकेको नेकपा प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठको दाबी, प्रतिगामी कदमलाई तत्काल असफल पारिए पनि सचेत भइरहनुपर्नेमा जोड
४) इक्वेडरका तीन वटा जेलमा भएको दङ्गामा परी ७५ जनाको मृत्य, तीन ओटा जेलमा एकसाथ भएको यस हिंसामा आपराधिक संगठनको हात रहेको राष्ट्रपति लेनिन मोरेनोको आरोप
५) र, ‘काठमाडौं मेयर कप’ क्रिकेट प्रतियोगिता फागुन २२ देखि २९ गतेसम्म हुने, प्रधानमन्त्री कप प्रतियोगिताको सेमिफाइनल पुगेका चार टिमसहित एक नयाँ टिमको सहभागिता रहने
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।