जर्मनकाे एक अदालतले सिरियाका पूर्व गुप्तचर अधिकारीलाई मानवताविरुद्धको अपराधमा संलग्न भएको आरोपमा साढे चार वर्ष जेल सजाय सुनाएको छ।
४४ वर्षीय इयाद अल-घरिबलाई चार वर्ष जेल सजाय सुनाएको हाे।
उनले सन् २०११ मा प्रदर्शनकारीहरूलाई पक्रन मद्दत गरेका थिए, जसलाई पछि यातना दिएर हत्या गरिएकाे थियाे।
सिरियाली राष्ट्रपति बशर अल असदको शासनले गरेका अत्याचारमाथि यो पहिलो पटकको मुद्दा हो।
अर्को सिरियाली अन्वर रसलानकाे मुद्दा भने सुनुवाइ हुने क्रममा रहेकाे छ।
दुबै सिरियाको गृहयुद्धबाट भागेर जर्मनीमा शरण लिएर बसेका थिए। तर उनीहरु २०१९ मा पक्राउ परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।