काठमाडाैं– चौथो राष्ट्रिय हाप्कीडो च्याम्पियनसिप आगामी वर्ष वैशाख पहिलो साता काठमाडौंमा हुने भएको छ। आयोजक नेपाल मार्शल आर्ट्स हाप्किडो एशोसिएशनले बुधबार उक्त प्रतियोगिताबारे जानकारी गराएको हो।
वैशाख ४ देखि ६ गतेसम्म हुने उक्त प्रतियोगितामा सातै प्रदेशका खेलाडी सहभागी हुने संघका अध्यक्ष कालीबहादुर घर्तीमगरले जानकारी दिए।
सो प्रतियोगितामा फाइटतर्फ महिला र पुरुष दुवैमा १०–१० वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ। अध्यक्ष मगरका अनुसार २५–३०, ३०–३५, ३५–४०, ४०–४५, ४५–५०, ५०–५५, ५५–६०, ६०–६५, ६५–७० र ७०–७५ तौल समूहमा प्रतिस्पर्धा हुनेछ। यस्तै, सेल्फ डिफेन्स, डेमोस्ट्रेसन, हाई फल र लङ फलमा पनि प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।